भक्तपुर क्षेत्र नंं २ मा काँग्रेसको अग्रता कायमै
प्रकाशित मिति
२०७९ मंसिर ७ गते, बुधबार १०:५५
७ मंसिर २०७९, काठमाडौँ: भक्तपुर क्षेत्र नं. २ को मतगणनामा ताजा परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा ५५ हजार ८०० मत गणना गर्दा प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसले एमालेका उम्मेदवारलाई पछाडी पार्दै अग्रता कायमै राखेको हो ।
गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति दूर्लभ थापाले २० हजार ८५२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २० हजार १०९ मत प्राप्त गरेका छन् ।

७४३ मतान्तरले एमालेलाई पछाडि पार्दै कांग्रेसले अग्रता लिएको छ । नेपाल मजदुर किसान पार्टीले ५हजार ६१३ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ३ हजार ४८९ र राष्ट्रियता प्रजातन्त्र पार्टीले दुई हजार १०२ मत पाएको छ ।

मतगणना जारी रहेको छ । अझै ९ हजार ५८७ मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।




प्रतिकृया