• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

समानुपातिकमा एमालेले कटायो एक लाख मत, घन्टीले पायो १३ प्रतिशत बढी

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०४:३८

६ मंसिर २०७९, काठमाडौँ: प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ । अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ।


दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३.२२ प्रतिशत मत हो । चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ ।

Kamana Sewa

अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन् ।

Classic Tech Desktop

अन्य दलहरूले पाएको मत १९४३० छ ।

प्रतिकृया