सवारी दुर्घटनामा १४ जना घाइते

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०४:५१

६ मंसिर २०७९, काठमाडौं : लमही नगरपालिका-३ मजगाउँस्थित सडकमा रा.१ ज ८६६ नम्बरको म्याजिक र रा.१ ह २५६१ नम्बरको अटो एक आपसमा ठोकिएर मंगलबार बिहान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका म्याजिकमा सवार राप्ती गाउँपालिका-४ बस्ने ४० वर्षीया लिला आचार्य लगाएत १३ जना र अटोमा सवार घोराही उपमहानगरपालिका-१८ बस्ने ६५ वर्षीया गोमा नगरकोटी गरी जम्मा १४ जनालाई उपचारको लागि लमही अस्पताल लमहीमा पठाइएको छ ।


घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र १० जनाको सामान्य रहेको छ । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया