• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

मार्जिन कारोबारका लागि नेप्सेले छान्यो ८७ कम्पनी (नाामावली सहित)

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०२:४१

२२ कार्तिक २०७९, काठमाडौं: मार्जिन कारोबारको लागि ८७ सूचीकृत कम्पनी योग्य ठहरएका छन्। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सोमबार सार्वजनिक गरेको मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा कुल ८७ कम्पनी परेका हुन्। नेप्सेले सार्वजनिक गरेको कम्पनीको सूचीमा १७ वाणिज्य बैंक, ८ विकास बैंक, ५ फाइनान्स, एक होटल, १३ हाइड्रोपावर, नागरिक लगानी कोष, चार जीवन बीमा कम्पनी तथा २९ लघुवित्त कम्पनीहरु छन्।


मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले तोकेको मापदण्ड अनुसार उक्त कम्पनीहरू योग्य देखिएको नेप्सेले जनाएको छ।हालसम्म नेप्सेबाट २२ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा प्रदान गर्न अनुमति लिएका छन्। जसमध्ये नासा सेक्युरिटिजले कात्तिक ३ गतेबाट कारोबार समेत सुरु गरिसकेको छ।

Kamana Sewa

८७ सूचीकृत कम्पनी :

Classic Tech Desktop

प्रतिकृया