• 12:47 am

लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

प्रकाशित मिति

September 30, 2022

१४ असोज २०७९, काठमाडौँ : अन्तिम दिन बिहीवार लघुविमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् । विमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।


उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले मात्र आवेदन दिएकोमा अन्तिम दिन विहीबार थप २१ वटा कम्पनीले आवेदन दिएका छन् ।


विमा समितिले २० भदौमा ७ वटा लघुविमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो। समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बिमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो। यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिकृया