वरिष्ठ मनोचिकित्सक प्रा.डा कुँवरको ‘डिप्रेसन ए टु जेट’ पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न (भिडियाे सहित)
प्रकाशित मिति
२०७९ आश्विन ८ गते, शनिबार ०९:३७
८ असोज २०७९, काठमाडौँ : वरिष्ठ मनोचिकित्क प्रा. डा. देशराज बहादुर कुँवरद्धारा लिखित पुस्तक ‘डिप्रेसन A टु Z’ लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको प्रमुख र बिशिष्ठ अथिति डा. मृगेन्द्रराज पाण्डेको उपस्थितिमा पुस्तक विमोचन गरे हो ।
सिम्का ल्याबोरेटोरिज प्रालिबाट प्रकाशित ‘डिप्रेसन A टु Z’ पुस्तक प्रा. डा. कुँवरले मानसिक समस्या र समाधानका उपायबारे चर्चा गरेका छन् । पुस्तक लोकार्पणपछि मन्त्री कुँवरले डिप्रेसनका कारण नेपाली जनजीवन नराम्रराे प्रभावित भएको बताए । जानकारी मूलक पुस्तकले डिप्रेशन के हो ? यो किन र कसरी हुन्छ ? यसको उपचार कसरी गर्न सकिन्छ ? भन्ने कुराहरु यस पुस्तकमा रहेको छ । अहिले धेरै मानिसहरु डिप्रेशनको शिकार भएको पाईन्छ अझ गाउँघर तिर डिप्रेशन भनेको के हो ? कस्तो बिरामीहरुलाई डिप्रेशन भनिन्छ ? कस्ता ब्यतिहरु डिप्रेशनको शिकार भएको छ ? भन्ने कुरा अझ राम्रोसँग बुझ्न आवश्यक रहेको मन्त्री कुँवरले जनाएको छ ।
प्रा. डा. कुँवरले डिप्रेसनबारे नेपाली भाषामा लेखिएका पुस्तकको अभाव महसुस गरी मनोचिकित्सकका रूपमा आफ्नो ५० वर्षे अनुभवलाई आधार बनाएर ‘डिप्रेसन A टु Z’ पुस्तक लेखेको बताए । प्रा. डा. कुँवर हाल काठमाडौंको मेट्रो हस्पिटलमा वरिष्ठ मनोचिकित्सकका रूपमा कार्यरत छन् । उनी सैनिक अस्पतालको न्युरोसाइकियाट्री विभागका पूर्वप्रमुख पनि हुन् ।
“डिपेशन ए टू जेड” मा डक्टर देशराज कुँवरले आँफूले उपचारका क्रममा भोगेका अनेक घटनाहरूको दृष्टान्त दिएर सर्वसाधारण पाठक समेतले बुझ्ने भाषामा व्याख्या गर्नुभएको छ। प्रस्तुत पुस्तकको सम्पादन वरिष्ठ लेखक लोकमणि पौडेलले गर्नुभएको हो।
प्रतिकृया