• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

सेयर बजार उकालो यात्रामा, नेप्से ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार ०३:४८

४ साउन २०७९, काठमाडौंः आज (बुधबार) पनि सेयर बजारको उकालो यात्रामा निरन्तरता देखिएको छ। नेप्से परिसूचक झिनो अंकले बढ्दा फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। आज फाइनान्स समूह सबैभन्दा धेरै बढ्दा सर्वाधिक नाफा कमाउनेको सूचीमा पनि अधिकांश फाइनान्स कम्पनीहरू नै छन्।


नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा पुगेको छ। नेप्से ०.२४ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.९७ अंकले बढेर ३९२.५० विन्दुमा पुगेको छ।कूल २१५ वटा कम्पनीको ४१ लाख ३३ हजार ७ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २ सय ७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Kamana Sewa

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह १.९१ प्रतिशतले बढेको छ।बुधबार पनि शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

Classic Tech Desktop

आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले बढेर २ सय ६० रूपैयाँ पुगेको छ । यस दिन लक्ष्मी इक्विटी फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ६.३३ प्रतिशतले घटेर ९ रूपैयाँ ६२ पैसामा झरेको छ ।

प्रतिकृया