• ४ साउन २०८३, सोमबार
  • १०:४४ बेलुका

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न माग

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार ०३:१८

४ साउन २०७९, काठमाडौंः सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन्। बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन्।


‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु। सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन्। सैनिक विशेष अदलातको वेथितीको कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन् ।

Kamana Sewa

‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिवीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन्।सैनिक विशेष अदालत हप्ताको एक दिन मात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरुको व्यवस्थताका कारण इजलास बस्न नसकेको उनले बताइन् ।

Classic Tech Desktop

प्रतिकृया