महिला युरो : बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा
प्रकाशित मिति
२०७९ श्रावण ३ गते, मंगलवार ०८:००
३ साउन २०७९, एजेन्सी : वुमेन्स युरोपेली च्याम्पियनसिपको समूह ‘डी’ को खेलमा इटालीलाई १–० ले पराजित गर्दै बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा बेल्जियमकी टिने डे केगनीले ४९ औं मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्याएकी हुन् ।
बेल्जियमले युरोपेली च्याम्पियनसिपमा खेलिरहेको यो दोस्रोपल्ट हो । समूहको अर्को खेलमा मंगलबार फ्रान्स र इटालीले १–१ को बराबरी खेले । यो नतिजापछि फ्रान्स सात अंकसहित समूह विजेता बन्यो । बेल्जियम भने चार अंकमा दोस्रो स्थानमा रह्यो । लिग चरणका सबै तीनै खेल बराबरी खेलेको आइल्यान्ड भने तीन अंकमा सीमित रहेर प्रतियोगिताबाट बाहिरियो । इटालीको एक अंक मात्र भयो ।

यससँगै प्रतियोगिताको क्वाटरफाइनलका सबै समीकरण पूरा भएका छन् । अब इंग्ल्यान्ड र स्पेन, स्विडेन र बेल्जियम, जर्मनी र अस्ट्रिया तथा फ्रान्स र नेदरल्यान्ड्सबीच नकआउट चरणका खेल हुनेछन् ।





प्रतिकृया