• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडर काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर प्रा. लि. बिच सेवामा छुट सम्बन्धि सम्झौता

प्रकाशित मिति

२०७९ असार १६ गते, बिहीबार ०५:३९

१६ असार २०७९, काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर(Kathmandu Path Lab and Diagnostic Centre Pvt. Ltd.)बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर(Kathmandu Path Lab and Diagnostic Centre Pvt. Ltd.)काप्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन् ।


यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी,शेयरधनी तथा ग्राहक महानु भावहरुलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्तहुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहक महानु भावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।

Kamana Sewa

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानु भावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए।

Classic Tech Desktop

प्रतिकृया