छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
प्रकाशित मिति
२०७९ बैशाख २३ गते, शुक्रबार ०१:४३
२३ बैशाख २०७९, काठमाण्डौं : पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको छ । अनियन्त्रित भएको जिप बिहीबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटना परी जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४६ वर्षीय टुक नारायण श्रेष्ठलाई लुम्बिनी मेडिकल कलेज प्रभास हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । घाइते भएका जिप चालक उपचार पश्चार डिश्चार्ज भएको प्रहरीले जनाएको छ ।
पर्सा स्थित ठोरी गाउँपालिका–३ ब्रहमनगरस्थित पुलमा बीआर २२ एस २२६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ । बिहीबार दिउँसो दुर्घटना हुँदा चालक भारत पश्चिमी चम्पारण घर भएका ३६ वर्षीय मनोज महतोको मृत्यु भएको हो । दुर्घटनामा पुलमुनि खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगंजमातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

झापामा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटना झापाको कनकाई नगरपालिका–३ नँया बस्तीस्थित सडकमा भएको हो । को.२३ प ४०४७ नंम्बरको मोटरसाइकल र ना.६ ख ९०७९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय बुद्धकान्त सुबेदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ । सडकबाट करिब ५ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ मदेन टोल बस्ने ३८ वर्षीय इन्द्र बहादुर याखा रहेका छन् ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिकृया