सरकार चलाउन नसकेको क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार छैन : गगन थापा
प्रकाशित मिति
२०७९ बैशाख २३ गते, शुक्रबार ०१:१९
२३ बैशाख २०७९, काठमाण्डौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् । पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उनको भनाइ छ ।
प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा बोल्दैं उनले भने, ‘पाँच वर्ष सरकार चलाउन सकिन भनी क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार पनि छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे । ‘परमादेश सरकार ओलीले भनिरहँदा कांग्रेसले सोध्नै पर्दछ । यो बनाउने काम कसले गरेको हो ?’ थापाले भने, ‘सरकार हाम्रो प्राथमिकतामा थिएन । सरकार चलाउने हामीलाई म्याण्डेट दिइएकै थिएन ।’

तत्कालीन नेकपाका लागि सर्वाधिक अनुकूल समय हुँदा समेत आफ्नै कारणले संसद विघटन गरिएको उनले बताए ।




प्रतिकृया