• 4:51 am

चाँगुनारायण नगरपालिकाको माहोल एमालेको पक्षमा छ : रमेश बुढाथोकी (भिडियोसहित)

प्रकाशित मिति

२०७९ बैशाख २३ गते, शुक्रबार ०१:१५

उपप्रमुखले पाउने सुविधा कटौती गरी नगरवासीको शिक्षा र स्वास्थ्यमा लगानी गर्छु

सुजिता सापकोटा, २३ वैशाख २०७८, काठमाडौं : चाँगुनारायण नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट टिकट पाइसकेका रमेश बुढाथोकीले यस नगरपालिकाको माहोल एमालेको पक्षमा रहेको दाबी गरेका छन् । मातृभूमिसँग कुरा गर्दै उनले भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा माहोल बनेको बताएका हुन् । यस्तै, उनले उपमेयर भएको खण्डमा आफ्ना सुविधा र भत्ता कटौती गरेर चाँगुनारायण नगरवासीको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने समेत बताएका छन् ।


“चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा एकदम राम्रो माहोल छ”, उनले भने । अघिल्लो स्थानीय चुनाबमा पनि नेकपा एमालेले नै यस नगरपालिकामा बाजी मारेको भन्दै बुढाथोकीले यसपालि पनि नेकपा एमाले नै चाँगुनारायण नगरपालिकामा विजयी हुने विश्वास ब्यक्त गरे । “विगतमा पनि हामी नेकपा एमालेले जितेको नगरपालिका हो यो, र यसपालि पनि चाँगुनारायणका जनताहरुले नेकपा एमालका उम्मेदवारहरुलाई ९ वडामा नै प्रमुख र उपप्रमुखलाई विजयी गराउनुहुन्छ भन्नेमा पूर्ण विश्वाससहित आशावादी छु”, उनले भने ।


मेरो दाबी नगरप्रमुखको थियो, पैसाको चलखेल हुने भए म नगरप्रमुख हुन्थेँ

उपमेयरका उम्मेदवार बुढाथोकीले आफू चाँगुनारायण नगरपालिकाको मेयरको दाबेदार रहेको र नगर प्रम्ख तथा उपप्रमुखका लागि कुनै धनराशिको चलखेल नभएको बताएका छन् । चाँगुनारायण नगरपालिकामा मेयर र उपमेयर पदका लागि ठूलो धनराशिको चलखेल भएको भन्ने सुनिन्छ, यसको वास्तविकता के हो भन्ने प्रश्नमा वजनफ दिँदै उनले यस नगरपालिकामा नेकपा एमालभित्र आर्थिक चलखेल नभएको दाबी गरेका हुन् ।


उनले आर्थिक तलखेल नै हुने भएको भए आफू नगर उपप्रमुख नभएर नगरप्रमुख नै पाएको हुने समेत बताए । स नगरपासिलकाको मेरो दाबी भनेको नगरप्रमुखको थियो, यदि साँच्चिकै पैसाको चलखेल हुन्थ्यो र पैसाले नै टिकट किन्नेभए मैले नगरप्रमुख पाउँथे होला, मैले नगर उपप्रम्ुख पाएँ, उनले थपे, पार्टीको आधिकारीक निर्देशन र निर्णयलाई मानेर मैले उपप्रमुखको उम्मेदवारी दिएँ । उनले नेकपा एमालेभित्र आर्थिक चलखेल भएको छ भन्नु गलत रहेको बताउँदै उनले भने, यो गलत कुरा हो यस कुरामा मेरो सहमत छैन, आर्थिक चलखेल भएको मलाई थाहा छैन र नेकपा एमालेमा त्यो हुँदा पनि हुँदैन, उनले भने ।


यस्तै, उनले यस नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य र रोजगारीमाा आमूल परिवर्तन ल्याउने योजना रहेको बताएका छन् । कुनै पनि नगरवासिले शिक्षाबाट बञ्चित नहुन् भनेर योजना बनाएको उनले जिकीर गरे । यस्तै, स्वास्थ्य क्षेत्रलाई मध्यनजर गरी मुटु र स्त्री रोग विशेषज्ञ यस नगरमा नै उपलब्ध गराउने समेतको योजना रहेको उनले भने अहिले भक्तपुमा कसैलाई हार्टअट्याक भयो भने ाकाठमाडौं पुर्याउन भ्याइन्न, भक्तपुरमा पनि कतै मुटु विशेषज्ञ छैन, त्यसैले यस्ता रोगका विशेषज्ञहरुलाइ अस्पतालमा राख्ने योजना बनाएका छौँ, र हामी गर्छौ पनि ।


‘अर्को नगरपालिका नछोई सवै वडा जाने रिङ्गरोड बनाउँछौँ’

बुढाथोकीले नगरपालिकाको एक वार्डबाट अर्को वार्डमा अर्को नगरािपलका नछोईजानका लागि रिङ्गरोड बनाउने पनि रणनीति बनाएको उनले सुनाए । उनका अनुसार चागुनारायणबाट चाँगुनारायण नै जान आ,्रिनै बाटो बनाउने सोच रहेको सोत बुझाए । पूर्वाधारको विषयमा एक देखि ९ वडासम्म जानाका लागि वडा १ देखि ९ सम्मका वडा नंवरमा जान एउटा रिङ्गरोड बनाउने ता कि अरु कुनै नगरपालिका हुरु गर्न जपरोस् भन्ने योजना छ,उनले भने ।


‘प्रत्येक घर एक इन्जिनियर नारा सहित अघि बढ्छौँ’
नेकपा एमालेका उपमेयर उम्मेद्वार बुढाथोकीले अब चाँगुनारायण नग।पालिकामा प्रत्येक घर एक इन्जिनियर नारासहित अघि बढ्ने संकल्प गरेका छन् । उनले इन्जिनियरिङमा रहेको शुल्कमा केहि छुट दिएर एक घर एक इन्जिजियर उत्पादन गर्ने लक्ष्य रहेको बताएका हुन् ।

यस नगरमा रहेको नेपाल इन्जिनियरिङ कलेज जसलाई एक दु्ई जना संचालकले प्राइभेट लिमिटेड बनाएकोमा आन्दोलन गरेर सामुदायिक बनाएको उनको दाबी छ । तत्कालिन वडा नंवर १ मा पर्ने यस सामुदायिक कलेजबाट १, २, ३ र ४ नंवर वडाका विद्यार्थीहरु लाभान्वित भएको जिकीर गर्दै उनले बाँकी रहेका वडालाई पनि पायक पर्ने गरी अर्को पनि यस्तो कलेज स्थापना गर्ने सोच राखेकोे बताए ।


जनताको उपप्रमुख हुने ईच्छा छ’

चाँगुनारायण नगरपालिकामा नेपाली एमालेबाट उपमेयरको उम्मेद्वार बुढाथोकीले आफूले जनताको उपमेयर बन्न उम्मेदवारी दिएको बताएका छन् । उनले कुनै ब्यक्ति वा झुण्डको उपप्रमुख नभएर नगरवासीको उपप्रमुख बन्न चाहेका प्रश्ट पारे ।
उनले जनताले विश्वास गरेर जिताएको खण्डमा जनताको उपमेयर भएर जनताको हक हितका लागि समाजसेवा गर्ने समेत बताएका छन् ।


उनले आफू चाँगुनारायण नगरपालिकाको एकमात्र बिकल्प नभएको तर आफ्नो बुद्धि विवेक प्रयोग गरेर सवैसँग सहकार्य गरी यस नगरलाई समृद्ध नगर बनाउनमा प्रयासरत रहने बताएका छन् । यस्तै, जनताको जे ईच्छा छ त्यसलाई सहस्त स्वीकार्ने पनि उनले प्रश्ट पारे ।


‘चाँगुनारायण नगरको उपप्रमुख हुन लायक छु’

रमेश बुढाथोकीले चाँगुनारायण नगरको उपप्रमुख हुन आफू लायक रहेको भन्दै आधारहरु खुलाएका छन् । उनका अनुसार उनी विगतदेखि नै समाजसेवा गर्दै आएका छन् । ब्यक्तिगत रुपमा मैले विद्यालयहरु मेरो नाममा बनाएको छु, एम्बुलेन्सहरु किनेको छु, कोभिडको बेलामा अस्पतालहरुलाई अक्सिजन सहयोग गरेको छु, भूकम्प आएको समयमा घर टहरा बनाउन सवै जनताको घरदैलोमा गएर सुख दुखमा साथ दिएको छु र विगतदेखि मैले समाजसेवा निरन्तर रुपमा गर्दै आएको छु , उनले थपे, बाटाघाटा बनाउन पनि मन्त्रालय धाई धाई योगदान गरेको छ।, यस आधारमा पनि म यस चाँगुनारायण नगरपालिकाको उपमेयर हुन सक्षम र लायक छु ।


यस्तै, उनले चाँगुनारायण नगरका जनताले आफूलाई नै उपमेयर बनाउनेमा ढुक्क रहेको समेत बताएका छन् । उनले आफू नगर उपप्रमुख भएमा नगरवासीलाई आवश्यकता हेरेर रोजगारी दिलाउने पहिलो प्राथामिक्ता रहने जिकीर गरेका छन् । दलगत स्वार्थ त्यागेर आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्ने योजना उनले सुनाए ।


‘तलब सुविधा लिन्न, भ्रष्टचार गरे कालोमोसो दलेर डाँडा कटाउनुहोस्’


नगर उपप्रमुखका दाबेदार रमेश बुढाथोकीले जनताले भोट दिए्रर जिताए नगर उपप्रमुखको हैसियतले पाउने कुनै पनि सुविधा नलिने समेत अठोट गरेका छन् । उनले भने, मैले उपप्रमुखको हैसियतले पाउने सुबिधा गाडी, तलब भत्ता केहि पनि नलिई चाँगुनारायणवासीका शिक्षा, स्वास्थ्यका लागि लगानी गर्छु, र एउटा कोष बनाएर लागि चाँगुनारायणवासीका लागि खर्च गर्छु ।

यस्तै, उनले आफूले तलब भत्ता कटौति गरेर भ्रष्टाचार गरेको खण्डमा कालोमोसो दलेर आफूलाई डाडाँ कटाउन समेत नगरवासीलाई सुल्झाएका छन् । बुढाथोकीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिन संकल्प गरेको बताउँदै आर्थिक उन्नती गर्न नभएर सेवा गर्न राजनीतिमा आएको समेत जिकीर गरे ।

भिडियो –

प्रतिकृया