• 2:58 am

गोकर्णेश्वर नगरपालिकाले ७० करोडसम्म राजस्व संकलन गर्न सफल भएको छ : प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार १२:०१

boster 6 e1651644958658

२१ बैशाख २०७९, काठमाण्डौं : गोकर्णेश्वर नगरपालिका निमित्त नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले ६ करोडबाट बढाएर नागरपालिकाले ७० करोडसम्म राजस्व संकलन गर्न सफल भएको दाबी गरेका छन् । विश्व प्रेस स्वतन्त्रत दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको एक दिवसीय नगरपालिकाको प्रशासनिक काम चुस्त दुरुस्त सम्वन्धी अन्तरक्रिया यस्तो दाबी गरेका हुन् ।


राजस्व संकलनका लागि कर्मचारी प्रशासनलाई अझ अधिकार सम्पन्न बनाउन र आवश्यक नीति तर्जुमा गर्न सके अझै सफलता हासिल गर्न सकिने बताएका छन् । समग्र कार्यसम्पादन प्रणाली, महत्वपूर्ण परियोजना तथा उपलब्धीहरुको चर्चा गर्दै नगरले आफ्नै अस्पताल संचालन गरेको, आफ्नै फोहोर ब्यवस्थापन गर्ने प्रणाली विकास गरेको, स्थानीय पाठ्यक्रम लागू गरिएको सापकोटाको दाबी छ । प्रशासकिय प्रमुखको तथा शाखा अधिकृत टंकनाथ घिमिरेले समग्र शाखा तथा उपशाखालाई आफ्ना सबै गतिविधिहरु प्रभावकारी ढंगले सम्पादन गर्ने बातावरण तयार पारिएको र यस संक्रमणकालिन समयमा पनि सेवा प्रवाहमा कुनै कठिनाई नभएको बताएका छन् ।


विश्व प्रेस स्वतन्त्रता दिवसले तय गरेको नारा डिजिटल घेराबन्दी भित्रको पत्रकारिता र यसका संभावना र चुनौती सम्वन्धमा थप प्रष्ट पार्दे लेखा प्रमुख रामजी रायमाझीले लेखालाई सुत्र सफ्टवेयरबाट चुस्त दुरुस्त राखिएको, पारदर्शिता तथा जवाफदेहिता सहितको आवस्यक डकुमेन्ट तथा कागजात सहित मात्र भुक्तानी प्रवाह गरिएको जानकारी दिए । नगरको आर्थिक प्रणाली ब्यवस्थापन, बेरुजु ब्यवस्थापन, बजेट तर्जुमा तथा अन्य आर्थिक गतिविधिको पारदर्शितामा नगरपालिका पहिलो नाम्बरमा नै आउने दाबी गरेका छन् ।


कार्यक्रममा पत्रकारहरुले नगरपालिकाका महत्वपूर्ण परियोजनाको खुलेर तारिफ गरेका थिए । स्थानीय विद्यालयलाई प्राथमिकता दिनु पर्ने, सम्पतिको अधिकारलाई स्थापित गर्नुपर्ने, डिजिटल डाटाबेसमा विशेष ध्यान केन्द्रीत गर्नुपर्ने सुझाव दिएका थिए ।


मिडिया संचार जगत संग समदुरीको सम्वन्ध राख्ने तथा नगरपालिकाका प्रशासनिक गतिविधिहरुको प्रगति विवरण, जानकारी तथा पारदर्शिताको बारेमा आम पत्रकार तथा जनमानसमा जानकारी गराउने गरी कार्यक्रम संचालन गरिएको हो ।

प्रतिकृया