• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि विमान उडान सुरु

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार १२:१०

१ बैशाख २०७९, काठमाण्डौं : त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए । कसले र कसरी फोन गरेर बम छ भन्यो ? अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले भने ।


बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोजल गर्न चुनौती दिएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद बस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया