• ४ साउन २०८३, सोमबार
  • १०:०० बेलुका

विश्व प्रेस स्वतन्त्रत दिवसको अवसरमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ११:४८

२१ बैशाख २०७९, काठमाण्डौं : विश्व प्रेस स्वतन्त्रत दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिकाको मुख्य आयोजना र विश्व दर्शन मिडिया ग्रुप प्रा.लि.को मिडिया संयोजनमा एक दिवसीय नगरपालिकाको प्रशासनिक काम चुस्त दुरुस्त सम्वन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको छ ।


गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशाषकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, सूचना अधिकारी एवं शाखा अधिकृत टंकनाथ घिमिरे, लेखा प्रमुख रामजी रायमाझी को विशेष उपस्थिति रहेको थियो भने ४ दर्जन जति मिडियाकर्मी र पत्रकारको उपस्थिति रहेको थियो ।

Kamana Sewa

मिडिया संचार जगत संग समदुरीको सम्वन्ध राख्ने तथा नगरपालिकाका प्रशासनिक गतिविधिहरुको प्रगति विवरण, जानकारी तथा पारदर्शिताको बारेमा आम पत्रकार तथा जनमानसमा जानकारी गराउने गरी कार्यक्रम संचालन भएको हो ।

Classic Tech Desktop

विश्व प्रेस स्वतन्त्रता दिवसले तय गरेको नारा डिजिटल घेराबन्दी भित्रको पत्रकारिता र यसका संभावना र चुनौती सम्वन्धमा समेत छलफल भएको थियो भने, नगरको आर्थिक प्रणाली ब्यवस्थापन, बेरुजु ब्यवस्थापन, बजेज तर्जुमा तथा अन्य आर्थिक गतिविधिको बारेमा लेखा प्रमुख रामजी रायमाझीले आफ्ना विचार ब्यक्त गर्दै लेखालाई सुत्र सफ्टवेयरबाट चुस्त दुरुस्त राखिएको, पारदर्शिता तथा जवाफदेहिता सहितको आवस्यक डकुमेन्ट तथा कागजात सहित मात्र भुक्तानी प्रवाह गरिएको जानकारी दिए ।


त्यस्तै गरी प्रशाषनिक प्रमुखको तर्फबाट शाखा अधिकृत टंकनाथ घिमिरेले समग्र शाखा तथा उपशाखालाई आफ्ना सबै गतिविधिहरु प्रभावकारी ढंगले सम्पादन गर्ने बातावरण तयार पारिएको र यस संक्रमणकालिन समयमा पनि सेवा प्रवाहमा कुनै कठिनाई नभएको विचार ब्यक्त गरे ।


समग्र कार्यसम्पादन प्रणाली, महत्वपूर्ण परियोजना तथा उपलब्धीहरुको चर्चा गर्दै निमित्त नगर प्रमुख एवं प्रमुख प्रशाषकीय अधिकृत बैकुण्ठ सापकोटाले नगरले आफ्नै अस्पताल संचालन गरेको, आफ्नै फोहोर ब्यवस्थापन गर्ने प्रणाली विकास गरेको, स्थानीय पाठ्यक्रम लागु गरेको र अपेक्या भन्दा राम्रो गरी राजस्व संकलन गरी ६ करोड बाट ७० करोड सम्म राजस्व संकलन गर्न सफल भएको जानकारी दिदै कर्मचारी प्रशाषनलाई अझ अधिकार सम्पन्न बनाउनलाई आवश्यक नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए ।


पत्रकारहरुले राजस्व संकलनका लागि अनिवार्य होर्डिग बोर्डको राजस्व उठाउन पर्ने, स्थानीय विद्यालयलाई प्राथमिकता दिनु पर्ने, सम्पतिको अधिकारलाई स्थापित गर्नुपर्ने, डिजिटल डाटाबेसमा विशेष ध्यान केन्द्रीत गर्नुपर्ने, रोजगारका अवसरहरु सिर्जना गरी आर्थिक पक्यको समेत विकास गर्न सुझाव दिएका छन् ।


कार्यक्रमको समापतित्व बोस्टर मिडिया प्रमुख मुकुन्द ढुंगानाले गरेका थिए भने संचालन द्रोण पराजुलीले गरेका हुन् । कार्यक्रम नेपाल हाउस, बालुवाटारमा संचालन भएको थियो ।

प्रतिकृया