आइएमई जनरल इन्स्योेरेन्सको २४औँ बार्षिक साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०७९ बैशाख ११ गते, आईतवार ०४:३९

११ बैशाख २०७९, काठमाडौं : आइएमई जनरल इन्स्योेरेन्सको साधारण सभा सम्पन्न भएको छ । सो इन्स्योरेन्सको २४औँ बार्षिक साधारण सभा बैशाख ०९ गते शुक्रबार लैनचौर बैङ्क्वेट्स, काठमाण्डौँमा सम्पन्न भएको हो ।
साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयाँ सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको अध्यक्ष्अ हेमराज ढकालले जानकारी दिए । अध्यक्ष ढकालले सभामा बोल्दै भने, विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा छ । साथै, अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेका जानकारी दिए ।
यस्तै, कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको जनाइएको छ । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको सभा मार्फत बताइएको छ ।
कम्पनीको व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पूंजी २.५० अरब पुयाउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन वमोजिम पूंजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिंदैे हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको भएको ढकालले बताए । उल्लेखित बोनस शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने जानकारी दिए ।
बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेका छौँ, अध्यक्ष ढकालले भने, बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको छौँ ।
आर्थिक वर्ष २०७६/७७ मा रु. १ अरब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु.१ अरब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भएको उनले बताए । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई बताइएको हो ।
श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पु¥याउनको लागि ७ वटै प्रदेशहरुमा शाखा विस्तार गरेको पनि जानकारी गराए । कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा समितिबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउंदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिंदै डिजिटलमा विषेश ध्यान दिएको उनले बताएका हुन् ।
संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २४औँ बार्षिक साधारण सभामा भाग लिने ग्राहकहरुप्रति धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिकृया