नयाँ वर्षमा आइएमईको योजना, साप्ताहिक र बम्पर विजेता गरी कूल ६१ जना लाभान्वित हुने
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ०५:०४

२ बैशाख २०७९, काठमाडौं : नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले “आइएमई २०७९ मा २०७९” नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ बैशाख गत देखि ३१ गतेसम्म लागु हुनछे । जम्मा ३१ दिनका लागि कायम रहनेछ सो योजनाले ६१ जना लाभान्वित रहनेछन् ।
सोही योजना आइएमई ग्रुपको काठमाण्डौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरेको थियो । कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको अनुभव रहेकाले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास राखेको बताए ।
“आइएमई २०७९ मा २०७९” को १ महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट÷सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधी भरी जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रू. २,०७९/‐ र बम्परमा १ भाग्यशाली विजेतालाई रू. २,०७,९००/‐ प्रदान गर्ने कार्यक्रममार्फत जनाएको छ । यो योजनामा सहभागी हुनुभएका सेवाग्राहीहरु मध्य कूल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिने बताइएको छ ।
यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गर्ने कम्पनीले जनाएको हो ।
आइएमई लिमिटेडका बारेमाः
आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
‘आइएमई पे’ को बारेमा:
‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘ आइएमई पे ’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहेको छ ।
प्रतिकृया