अब ७ मिनेटमै धादिङ–काठमाडौं यात्रा,सर्वसाधारणले अझै तीन महिना कुर्नुपर्ने
प्रकाशित मिति
२०८३ श्रावण ११ गते, सोमबार ०५:२८
११ साउन २०८३ काठमाडौं – नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा जापानी सहयोगमा निर्माण भएको सुरुङमार्गलाई नेपालको पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
उद्घाटन समारोहमा जापानी राजदूत माएदा तोरु, जाइकाका अध्यक्ष डा. तनाका अकिहिको र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललगायतले सुरुङमार्गले नेपाल–जापान सहकार्यलाई थप मजबुत बनाएको बताएका छन्।

यद्यपि, सुरुङमार्ग सर्वसाधारणका लागि तत्काल खुला हुने छैन। सुरुमा १५ दिन आपत्कालीन सवारीसाधन मात्र सञ्चालन गरिनेछ भने परीक्षण अवधि पूरा भएपछि करिब तीन महिनापछि सर्वसाधारणका सवारीलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने आयोजना कार्यालयले जनाएको छ।

पूर्ण सञ्चालनपछि सिस्नेखोला–बलम्बुबीचको यात्रा करिब ७ मिनेटमा पूरा हुने, ट्राफिक जाम र पहिरोको जोखिम घट्ने अपेक्षा गरिएको छ। मोटरसाइकल, स्कुटर तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।




प्रतिकृया