• 7:28 am

स्थानीय तह निर्वाचनका लागि काँग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार ०२:२५

२६ चैत्र २०७८, काठमाडौँ : नेपाली काँग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचार प्रसार समिति गठन गरेको छ ।


स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा।प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।


काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख ९आनन्द० विष्टको संयोजकत्वमा प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

प्रतिकृया