• ४ साउन २०८३, सोमबार
  • १:२८ बिहान

वरिष्ठ जनस्वास्थ्य प्रशासक मिजार सम्मानित

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार १२:१०

बाबुकाजी श्रेष्ठ, ७ चैत २०७८, भक्तपुर : नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले ४२ औं जिल्ला सभाको अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारलाई सम्मान गरिएको छ । विश्वमै महामारी रुपमा फैलिएको कोभिड–१९ कोराना भाइरसको कारणले नेपालमा पनि कोरोना भाइरस फैलिएको अवस्थामा पनि दिनरात नभनिकन भक्तपुर जिल्ला क्षयरोग नियन्त्रण अभियानमा निरन्तर लागिरहेको योगदानको कदर गर्दै मिजारलाई सम्मान गरिएको संस्थाले जानकारी दियो ।


संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रम प्रमुख अतिथि बागमती प्रदेशका भौतिक, योजना तथा पूर्वाधार मन्त्री कृष्णलाल भडेलले कृष्णबहादुर मिजारलाई दोसला ओढाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै मिजारले सधैं क्षयरोग नियन्त्रण अभियान लाग्ने र हरहमेशा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Kamana Sewa

प्रमुख अतिथि भडेले ४१ वर्षसम्म पनि क्षयरोग नियन्त्रण अभियानमा लागिरहेको र संस्था क्रियाशील भएको देख्दा मलाई खुशी लागेको बताउ“दै सरकार र व्यक्तिगत तर्फबाट भक्तपुरमा क्षयरोग अन्त्यका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए ।

Classic Tech Desktop

भक्तपुरको सिद्धिगणेश हलमा भएको उक्त कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य महेन्द्रगोपाल कर्माचार्य, पूर्व महासचिव धनमान श्रेष्ठ, केन्द्रीय अध्यक्ष मदनकाजी श्रेष्ठले शुभकामना मन्तव्य दिए ।


संस्थाका सचिव सुमन श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्था सहसचिव रत्नालक्ष्मी भैलले स्वागत गरेका थिए भने निवर्तमान सभापति राम सिख्वःले धन्यवाद ज्ञापन गरे ।


कार्यक्रममा सचिव र कोषाध्यक्षले प्रस्तुत गरेका आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७८/७९ को कार्ययोजना सो सभाबाट सर्वसम्मत पारित गरेको थियो ।

प्रतिकृया