• 4:55 pm

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति

२०७८ चैत्र ६ गते, आईतवार ०६:१०

६ चैत्र २०७८, काठमाडौँ : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । होटल रेडिसनमा कम्पनीका अध्यक्ष डा. आत्मराम घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएका हो । साधारण सभाले समूह “क” संस्थापक समूहका शेयर धनीका तर्फबाट सञ्चालक डा. विमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।


साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।


साधारणसभाले कम्पनीको अध्यक्ष घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू समेत पारित गरेको छ ।

प्रतिकृया