• २१ भदौ २०८३, आइतबार
  • ३ः४९ राती

युनिग्लोब कलेजले युवा विद्यार्थीहरुलाई स्वरोजगार बनाउन स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन गर्दै

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार १२:४२

२ चैत, २०७८, काठमाडौं : यूनिग्लोव कलेजले युवा विद्यार्थीहरुलाई स्वरोजगार बनाउन स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन गर्ने भएको छ । युनिग्लोब र नेपाल विजनेशले उद्यमशीलताको अभिवृद्धि गर्दै युवा विद्यार्थीहरुलाई स्वरोजगार बनाउन सहकार्य गरेको हो ।

National Life

ब्यवस्थापन संकायमा अध्ययन गर्ने बिबिए र एमबिए तहका बिद्यार्थीलाई लक्षित स्टार्टअप उद्यम, उद्यमशीलताका चुनौती र अवशर, बित्तिय साक्षरता, सरकारको निति, कार्यक्रम र अन्तराष्ट्रियस्तरमा भइरहेका सकारात्मक उद्यमबारे परिसंवाद आयोजना गर्ने, पिएसएहरु निमार्ण गर्ने, बिद्यार्थीहरुका आइडिया र लगानीकर्ताबिच अनुभव आदानप्रदान र नेटवकीङ प्रदान गर्ने सो समझदारी पत्रमा उल्लेख छ ।


युनिग्लोव कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुले अगाडि बढाएका स्टार्टअप उद्यम लगायतका व्यवसायलाई सहयोग पुग्ने विषयमा केन्द्रीत भएर वर्षभरी विभिन्न कार्यक्रम सञ्चालन गरिने युनिग्लोबका प्रिन्सिपल डा. नरबहादुर बिष्टले जानाकारी दिए । उनका अनुसनर कलेजको इन्कुभेसन सेन्टरलाई सहयोग पुग्ने गरी यस कार्यक्रम कलेजले संचालन गर्न लागेको हो ।

Classic Tech Desktop

विदुयार्थीलाई उद्यमी बनाउने उद्ध्येशका साथ बुधबार नेपाल बिजनेशका प्रमुख कार्यकारी अधिकृत विशाल गैरे र यूनिग्लोव कलेजका प्रवन्ध सञ्चालक डा. नरबहादुर बिष्टले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन्। पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त युनिग्लोव कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरुले अगाडि बढाएका स्टार्टअप उद्यम लगायतका व्यवसायलाई सहयोग पुग्ने विषयमा केन्द्रीत भएर वर्षभरी विभिन्न कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।


डा बिष्टले विद्यार्थीहरुको क्षमता र दक्षता पहिचान गरी सोही अनुसारको काममा लगाउन यस प्रकारको कार्यक्रमले ठूलो सहयोग पुग्ने उनको विश्वास छ । विभिन्न तहका विद्यार्थीहरुलाई व्यवसायसंग जोड्दै उद्यमी बनाउन सहयोग पुर्याउन नेपाल विजनेश र कलेजले संयुक्त रुपमा विजेश संवादहरु सञ्चालन गर्ने उनको दाबी छ ।


व्यवस्थापन विषय पढिरहेका विद्यार्थीहरुका लागि विजनेश टिप्सहरु प्रदान गर्ने, अनुभव आदान-प्रदानमार्फत युवाहरुलाई व्यवसायमा लाग्न उत्प्रेरणा जगाउने लगायतका काममा नेपाल विजनेशको साथ सहयोग रहने डा. विष्टले बताए ।

प्रतिकृया