• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार ०७:३७

४ फागुन २०७८, काठमाडौँ : अवे खेलमा पोर्चुगलको स्पोर्टिङ सीपीविरूद्धको ५-० अन्तरको जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक रहेको छ ।


बुधबार बिहान भएको पहिलो लेगको नतिजासँगै सिटी प्रि क्वाटर फाइनलमा सहज जिततर्फ उन्मुख भएको छ । सिटीको जितमा बर्नाण्डो सिल्भाले दुई तथा रियाद मेहराज, फिल फोडेन र रहिम स्टर्लिङले एक-एक गोल गरे ।

Kamana Sewa

सुरुआती मिनेटबाटै अट्याकिङ गेम खेलेको सिटीले सातौं मिनेटमै अग्रता बनाएको थियो । उसले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेको हो । अब दोस्रो लेग २२ मार्चमा सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया