बाख्रामा लाग्ने पि.पि. आर रोग -पेस्टे डेस पेटिटस रुमिनान्टस
प्रकाशित मिति
२०७८ माघ २६ गते, बुधबार ०४:२१

डा. केदार कार्की, २६ माघ २०७८, काठमाडौं : यो रोग पारामिकसोडि मोखिली भाइरस प्रजातीको विषाणुको संक्रमण बाट बाख्रा प्रजातीको घातक राग मानिन्छ । यो रोगको संक्रमण गराउने विषाणु बंशाणुगत रुपमा गाईभैसिमा देखिने गोगोटि रोग लगाउने विषाणु संग मिःदो जुल्दो मानिन्छ । अन्य नाम : साना उधार काट्ने पशुको रोग , स्टोमाटाइटिस न्युमोइनटेरीटिस कम्ल्पेक्स , सुडो रिन्डरपेस्ट ,काटा :
रोगको भौगोलिक फैलावट को तथ्य :
यो रोग उष्ण तथा समउष्ण तापक्रम तथा जलवायु भएका प्राय सबेै मुलुकहरुमा देखिएको छ । यो रोग देखिदाको अबस्थामा बथानमा नब्बे प्रतिसत पशु प्रभावित हुन्छन भने प्रभावित पशु मध्ये पचास देखि अस्सि प्रतिसत बिरामीहरुमा मृत्यु दर हुने गर्दछ । यो रोग घरमा बाधेर पालेका जंगली खुर फाटेका जनावरहरु मृग , चित्तल, कृष्णशागर जस्ता जनावरहरुमा देखिने गरेको अभिलेख पाइन्छ । यद्यपि यो रोगका जिवाणुहरु प्रति गाई भैसि प्रजाति ग्रहणशिल त हुन्छन तर कुनै लाक्षणिक संकेत भने रोगको देखिदैनन । यस्ले गर्दा यि प्रजातिमा यो रोग प्रति प्रतिरोधात्मक क्षमता बिकसित भएर जाने हुदा पनि यो रोगको द्यातक प्रजातिले संक्रमण गरेमा पनि शुरक्षित रहन्छन । प्रत्यक्ष संपर्क यो रोग प्रसारणको महत्वपुर्ण माध्यम मानिन्छ । यो रोगको माहामारि प्रायः बर्षतको मौसम वा सुख्खा चिसो मौसममा देखिने गर्दछ । खकार तथा शरिरका निस्कने, फालिने, रोगको ओथारो अबस्था अथवा लाक्षणिक अबस्थाका पशुबाट निस्कने , फालिने आंशु खकार,सिगान संक्रमणका श्रोत मानिन्छ ।
पशुमा रोगको बिकासको क्रम :
यो जीवाणु शरिरमा प्रवेश गरेपछी रेटरोफेराल लीम्फनोड तथा म्युकोजा लाई अतिक्रमण गर्दछ । जीवाणुको गुणात्मक वृद्धी भईपाचन प्रणाली तथा स्वास प्रस्वास प्रणालीका म्युकोजामा संक्रमण गराउदछ । जीवाणुको वृद्धीसंगै पाचन प्रणालीको म्युकोजा सुन्नीने हँुदा आन्द्रशाध, पखाला लाग्ने, जलअल्पता तथा मृत्यु हुने गर्दछ । स्वास प्रस्वास प्रणालीमा न्युमोनिया तथा सास फेर्न असहज हुने हुदा अक्सीजनको अल्पताका कारण मृत्यु हुने गर्दछ । कुनै कुनै बिरामी पशुमा ई.कोलाई तथा पास्टुरेलाको सहसंक्रमणले गर्दा न्युमोनिया तथा पखाला लाग्ने अबस्थालाई थप जटिल बनाउछ । बनाउछ । साथै बथानमा अत्याधिक मृत्यु गराउन मद्दत गराउछ ।
लक्षणात्मक पहिचानहरुः
यस रोगको बिरामी पशुहरुमा ओथारो बस्ने अवधि तिन देखि १० दिन हुन्छ । पशुको उमेर तथा शरीरमा यस रोग बिरुद्ध लड्न सक्ने क्षमताको अवस्थीती अनुसार रोग तिक्ष्ण या दिर्घ रुपमा देखा पर्दछ । शरीरको तापक्रम ४०–४१ डिग्रि सेन्टिग्रेड सम्म एक्कासि बडेर जाने, जनावर लोसे , शान्ततथा चमक हिन हुने । नाकबाट पानी बग्ने जुन कालान्तरमा बाक्लो गन्हाउने सिगान बगाउने, सिगानको पाप्रा बनि नाकको प्वाल थुन्ने गर्दछ । जस्ले गर्दा स्वास फेर्न गाह्रो हुने गर्दछ । लाक्षणीक जांच गर्दा नाक को प्वाल देखिने म्युकस मेम्बरानहरुमा स–साना कुहिएको जस्तो दाग देखिने आंखा रातो देखिने आंखामा कचेरा लाग्ने निरन्तर आसु बग्ने मुखको गिजामा कनिका छरे जस्तो स–साना दाना देखिने । अत्याधिक रगत नमिसिएको झाडापखाला लाग्ने जस्ले गर्दा शरिरमा जलअल्पता हुने गर्दछ । सुरुको तीक्ष्ण अवस्था पछि जलअल्पता , हाड छाला हुने गरि दुब्लाउने ,स्वास फेर्न गाह्रो हुने ,शरिरको तापक्रम घटेर जाने , पाच देखि दश दिनमा मृत्यु हुने गर्दछ । दिर्घ खाले रोगको अवस्था भने पाका पशुमा देखिने गर्दछ । बेलैमा सहउपचार गरिने हो भने पशु बिरामी अवस्थाबाट तंग्रीन सक्दछ ।
मरेको पशुक शब निछदेन गर्दा देखिने प्रमाणहरु :
हाड छाला भई दुब्लाएको, आंखा पाकेको , गीजामा घाउ भएको , जीब्रामा स–साना खटिरा भरखरै मरेका पशुमा देखिन सक्छ । लास चिरेर हेर्दा मुखमा, स्वास नलीमा , तथा अनि नलीमा रोगको संकेत देखिन्छ । तर उघार काट्ने पेटमा भने जेब्रा चिन्ह जस्तो परिवर्तित तन्तु देखिन्छ । साना कुहिएको थोप्लो परेको रक्तश्राव नाकको म्युकोजा स्वास नलिमा देखिन सक्तछ । ब्रोको न्युमोनिया, प्लुयुरा सुन्निने छातिमा पानी जम्ने जस्ता संकेत पनि देखिन सक्तछ । फियो सुन्निन तथा रगत सं तथा रगत संघुलित भएको हुन सक्छ । शरिरका बिभिन्न भागका लिम्फनोडहरु सुन्निने तथा रक्तश्रावीत हुने गर्दछन् ।
अन्य रोगबाट छुट्टाउने :
जीब्रोमा देखिने सांकेतिक शारिरीक बिकृतिका लक्षण हुने फरक का आधारमा यस रोगलाई निल जिब्रे रोगबाट छुट्टाउन सकिन्छ । झाडा पखाला नलाग्ने, फिज सहित परालको त्यान्द्रो जस्तो र्याल काड्ने सांकेतिक लक्षणको अवस्थितिले वा अनुपस्थितिको आधारमा खोरेत रोगबाट छुट्टाउन सकिन्छ ।
रोगको निदान :
रोग देखा परेको समय भौगोलिक स्थिती प्रभाबित बथानका बाख्रा भेडाका उमेर प्रष्ट लाक्षणिक संकेत प्रभावित प्रतिशत तथा मृत्युदरका आधारमा रोग अनुमान गर्न सकिन्छ । यसवाहेक प्रभावित अंगका तन्तुबाट संकलन गरिएका नमुनाको उपयुक्त प्रयोगशाला परिक्षण बाट पनि गर्न सकिन्छ । सबै भन्दा सजिलो प्रयोगशाला परिक्षण सिगान आसु तथा मलद्धार स्वाब को पेन साइड परिक्षण बिधिबाट रोग निदान गर्न सकिन्छ ।
रोगको उपचार:
यस रोगको लागी भनेर कुनै उपचार त छैन तर ब्याक्टेरिया जन्य सह–संक्रमण का लागि एण्टीबायोटिक तथा पुर्नजलियकरण तथा सुन्निन कम गर्ने तथा एण्टीहिस्टामिन तथा भिटामिनहरु प्रयोग गरी रोगको जटिलता क मगर्न सकिन्छ ।
रोगको रोकथाम तथा नियन्त्रण :
खोरकोसरसफाई तथा हालको ब्यबस्थापनमा सुधार गरिनु पर्छ । रोगको रोकथाम का नियन्त्रणका लागी रोग देखिने समय अगावै पि.पि.आर खोप नियमित रुपमा बाख्राको बथानको उमेर तालिका अनुसार दिने हो भने रोग लाग्ने संभाबना न्युन हुन्छ । अन्यत्रबाट ल्याएका बाख्रालाई यो रोग बिरुद्ध खोप लगाई २१ दिन छुट्टै राखि मात्र मुल बथानमा मिसाउने । तिन महिना भन्दा माथिका उमेरका बाख्रालाई एक पटक खोप दिएमा बाचुन्जेलका लागी खोप सहन सक्ने क्षमता बिकास हुन्छ । भनिए तापनि नया जन्मने तथा बथानमा अन्यत्रबाट ल्याएका बाख्राको लागि बर्षेनी खोप दिनु उचित हुन्छ ।
यो रोग महामारिकै रुपमा देखिने हुदा खोप लगाउँदा एउटा भौगोलिक क्षेत्रका संपुर्ण भेडा बाख्राका सामुहिक बथानलाई एकै पटक दिनु रोग नियन्त्रणको उत्तम उपाय मानिन्छ । नकि आज हाम्रो परिबेसमा प्रचलित खण्ड–खण्ड बथानमा कनिका छरेजस्तो खोप कार्यक्रम चलाए जस्तो रो वर्षेनी बढ्दो क्रममा देखिने गरि यस बायक भेडा बाख्राको लेक बेसी बथान सार्ने बेला तथा भेडा बाख्रा बढि ओसार पसार हुने बेला प्रस्थान बिन्दु र पहुच बिन्दुमा विषेश निगरानि त हुनै प¥यो ।
प्रतिकृया