लक्ष्मी बैंकले गर्यो क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा, विजेताले २० लाखको ठेक्का पाउने
प्रकाशित मिति
२०७८ माघ २० गते, बिहीबार ०४:३७
२० माघ २०७८, काठमाडौं : लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । यस प्रतियोगिताको विजेताले बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रु २० लाखको ठेक्का पाउने भएका छन् ।
उक्त प्रतियोगिता बैंकको सम्बन्धहरु, अन्वेषकहरु, टिमवर्क, जिम्मेवार र प्रगतिशील गरी ५ मूल्य मान्यताहरुमा आधारित रहेको छ । यिनैको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको बैंकको दाबी छ ।

सबै प्रतियोगी इन्ट्रीहरुलाई एक्स्पर्ट प्यानलद्धारा प्राविधिक र रचनात्मक दुवै पक्षलाई मध्यनजर गर्दै मूल्याङकन गरिने बैंकले जनाएको छ ।

यो प्रतियोगिता बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडिया’ र २०२० मा ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता गरिरसकेको छ ।




प्रतिकृया