• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

प्रिमियर इन्सुरेन्सले शुक्रबार २८ औं वार्षिक साधारण सभा गर्ने

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ०३:५६

१९ माघ २०७८, काठमाडौँ : प्रिमियर इन्सुरेन्स कम्पनीले शुक्रबार (माघ २१ गते) २८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।


सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

Kamana Sewa

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ । माघ ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Classic Tech Desktop

प्रतिकृया