• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

बर्ड फ्लु देखिएको बेला कुखुराजन्य उत्पादन उपभोग कति जोखिमपूर्ण

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार १२:०७

डा. केदार कार्की १७ माघ २०७८,काठमाडौं : बर्ड फ्लु वा एभियन इन्फ्लुयेन्जा एउटा संक्रामक किसिमको इन्फलुइन्जा मानिन्छ जुन चराहरु बीचमा फैलिन्छ । दुर्लभ अवस्थामा यदाकदा मानिसलाई पनि प्रभावित गर्दछ । बर्ड फ्लु भाईरसका धेरै प्रजातिहरु छन् त्यसमध्ये धेरैले मानव समुदायलाई प्रभावित गर्दैनन् । थद्यपी दुई खास प्रजातिले हालका दिनमा जनस्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मीको मथिङ्गलमा कचिङ्गल गरी टाउको दुखाएको छ ती हुन् एच५एन१ ले सन् १९९७ देखि एच७एन५ ले सन् २०१३ देखि लुकामारी गर्दै । यद्यपि यी भाइरसहरुले सजिलै मासिनमा संक्रमण गर्दैनन् र सामान्यता मानिसबाट मानिसमा सजिलै प्रसारण तर पनि धेरै मानिस प्रभावित भई विश्व भरी मृत्युवरण गरेका छन् । अन्य बर्ड फ्लु भाइरसहरु खास गरी एच–७ एन–७ र एच–५एन–२ हालसालै एच–६ एन–१, एच–१० एन–८ र एच–५ एन–६ ले पनि जनसमुदायमा संक्रमण गरेका छन् तर यी कि त दुर्लभ र दुर्लभ नै बिरामी गराएका छन् । बर्ड फ्लुले विभिन्न खाले चरा प्रजातिहरुलाई संक्रमित गरी प्रभावित पार्दछन् जसमा कुखुरा, हाँस, टर्की, पानी हाँस, लौकट यो व्यवसायी कुखुरा, जङ्गली चरा, बसाई सराई गर्ने फिरन्ते यस अनि सौखका लागि पालिने चरामा साटफेर हुन सक्दछ । एउटा प्रजातिमा संक्रमण गर्न प्रवशेको यस रोगको प्रजाति निस्कदा आफ्नो अनुवांशिक गुण परिवर्तन गरी अर्कै स्वरुपमा प्रकट हुन सक्छ जसले गर्दा अघिल्लो पटक नियन्त्रण गर्न प्रयोग गरिएको रणनीति भुत्ते हुन्छ, जन स्वास्थ्यकर्मी र पशु चिकित्सा कमीको टाउको दुखेको यतिले मात्र हो नत्र मुर्गी ने छिंक मारी आप क्यों डर गए जनावा । यसको संक्रमण हुने बित्तिकै कुखुरा बिरामी परिहाल्दैनन् सधैँ तर हेर्दा स्वस्थ्य चरा यिनको सम्पर्कमा आउने मानिसका लागि जोखिम हुने गर्दछन् ।

संकेत र लक्षण मानिसमा

Kamana Sewa

अरु खाले फ्लु जस्तै बर्डफ्लुमा पनि लक्षण देखिन्छ खास गरी उच्च ज्वरो, मांसपेशी दुख्ने, टाउको दुख्ने, श्वास प्रश्वासजन्य समस्या जस्तै खोकी नाक बग्ने, झाडापखाला, वान्ता हुने, पेट दुख्ने, नाक गीजाबाट रक्तश्राव हुने शुरुका लक्षणको रुपमा अभिलिखित छन् । यस्ता लक्षण अचानक आउन सक्छ । संक्रमण देखि लक्षण देखिने समय ३ देखि पाँच दिन हुन सक्छ यद्यपि केही बिरामीमा ७ दिन सम्म पनि लाग्न सक्छ । लक्षण देखिएको अवधिमा धातक जटिलताका निमोनिया घातक श्वासप्रश्वासजन्य तनाव र बहुअङ्ग विफलताको विकास हुन सक्दछ । दु्रत उपचार एन्टी भाइरलबाट गरेमा जटिलता देखिनबाट बचाउँछ र मृत्युको जोखिमबाट पनि ।

Classic Tech Desktop

उपचार, मानिसमा

बर्ड फ्लुका शंकास्पद लक्षण देखाएका बिरामीलाई घरमा नै आरमा गर्न सल्लाह दिइन्छ या तिनको उपचार हेरचाह अस्पतालमा अन्य बिरामी भन्दा छुट्टै राखी गरिन्छ । मुख्य सिफारिसहरु शंकास्पद संक्रमित जनसमुदायका लागि प्रशस्त आराम प्रशस्त झोल पेय ग्रहण र स्वास्थकर खानेकुरा खाने, ज्वरो र दुखाई क मगर्न एस्पीरिन वा पारासिटामो औषधि प्रयोग गर्ने । ओसेलटामीमीर (टामीफ्लु) जानामीमीर (रेलेन्जा) र पेरमाभीर (रापीभाव) ले स्वास्थ्य अवस्था सुधार्न मद्दत गर्दछ । साथै जटिलता रोक्न तथा अवस्था जटिलता हुनबाट रोक्छ । तथा बाँच्ने सम्भावना बढाउँछ । नियमित फ्लुका रोगीका लागि यी औषधि शंकास्पद तथा प्रमाणित जनसमुदायलाई ४८ घण्टा बढि भएपनि तुरुन्त लक्षण देखिनु भन्दा दिइनु पर्दछ । यी औषधी निरोधात्मक प्रयोजनका लागि त्यस्ता मानिस जो बर्डफ्लु प्रभावित क्षेत्रमा मिसिन पुगेका थिए जस्तै कुखुरा फार्ममा काम गर्ने एकाघरका सदस्य, कामदार, जनस्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी जसको सम्पर्क बर्डफ्लु संक्रमित चराहरुसँग सम्पर्कित हुन्छ यो औषधि दिइनु पर्दछ । यस्ता अवस्थामा औषधी प्रयोगको अवधि भाइरससँगको लसपस पछि तुरुन्तै ७ देखि १० दिनमा दिनु उचित हुन्छ । केही मानिसमा रोगको जटिलता निमोनिया देखिए नियमित एन्टी बायोटिकको प्रयोग उपचारका लागि गर्न सकिन्छ । साह्रै सिकिस्त बिरामीलाई सघन उपचार कक्षमा राखी भेन्टीलेटरबाट अक्सिजन आपूर्ति गरिनु पर्ने हुन्छ ।


बर्डफ्लु नियन्त्रण
जब तपाई बर्डफ्लु संक्रमण घोषणा भएको क्षेत्रमा अवलोकन अनुगमनका लागि जानु हुन्छ धेरै कुराहरु छन् जसको अवलम्बनले तपाईलाई यसको जोखिम न्यूनीकरण गराउँछ जस्तै जिउँदो कुखुराको बजार र कुखुरा फार्म अवलोकन नगर्ने कुखुराको विष्टाको सम्पर्क आएको भुइतलसँगको सम्पर्कमा नआउने, जिउँदो वा मरेको कुखुरा नउठाउने, नछुने, नपोको वा आलो कुखुाराको प्रजाति मासु जस्तै हाँसका परिकार फूल नछुने सधैँ राम्रो व्यक्तिगत स्वस्थ्य अभ्यास जस्तै नियमित हात धुने व्यक्तिगत सुरक्षा उपकरण नियमित प्रयोग गर्ने ।


ती क्षेत्र भूगोल जहाँ बर्डफ्लुको संक्रमण घोषणा गरिएको छैन त्यहाँका उपभोक्ता कुखुराको कारोबार गर्दा वा कुखुराजन्य उत्पादनको उपभोग गर्दा बर्डफ्लुसँग सम्पर्कित हुँदैनन् । पंक्षीजन्य प्रजाति जस्तै कुखुरा, हाँस, पानी हाँस, राजहाँस, टर्की तथा लौकटका उत्पादन ७० डिग्री सेल्सियस वा मािथ पाएकामा कुनै भाग अधकलयो वा रातो रहदैनले एच–५ एन–१ भाइरसलाई मार्छ । ती क्षेत्रहरुमा जहाँ बर्डफ्लु पैmलिएको छ, विश्व खाद्य तथा कृषिसँग संगठन तथा विश्व स्वास्थ्य संगठन अनुसार यसले यो सुनिश्चित गर्दछ कि त्यहाँ कुनै क्रियाशिल भाइरस रहने छैन । यदि जिउँदो कुखुरा संक्रमित भएको वा भुलवश हाम्रो खाद्य श्रृंखलामा भूलवश छिरेको भएपनि आजसम्म महामारी अध्ययन विज्ञानको अभिलेखमा मानिसहरु पंक्षीजन्य उत्पादनहरुको सेवनवपछि बिरामी परेको जसलेृ राम्रोसित पकाएर खाए । त्यसैले जनस्वास्थ्यकर्मीले भन्ने गर्छन् बर्डफ्लुबाट सतर्क त हुनुस् आत्ती किन हाल्नु प¥यो ?

प्रतिकृया