• २२ भदौ २०८३, सोमबार
  • ६ः११ बिहान

जापान जान नपाएका विद्यार्थीद्वारा दूतावास अगाडि धर्ना

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०५:१५

४ माघ २०७८, काठमाडौं : जापानमा अध्ययनका लागि भिसा प्रदान गरिसकेपछि पनि आफूहरुलाई लामो समयसम्म रोकेकोप्रति असन्तुष्टि जनाउँदै नेपाली विद्यार्थीहरुले काठमाडौँस्थित जापानी दूतावासमा धर्ना दिएका छन् ।उनीहरुले प्रतिबन्ध फुकुवा गर, आखिर कहिले खुल्छ जापानलगायत नारा लेखिएका प्लेकार्ड बोकेर दूतावास अगाडि शान्तिपूर्ण धर्ना गरेका थिए।

National Life

धर्नामा सहभागी भएका विद्यार्थीले पछिल्लो समय जापानले विद्यार्थीबाट इन्टेक अनुसारको शुल्क लिने तर प्रवेश प्रतिबन्ध कायम नै राखेर विदेशी विद्यार्थीको शैक्षिक करियरमाथि खेलबाड गरेको आरोप लगाएका छन्।


“सबै प्रक्रिया पूरा गरेर उच्च( शिक्षाको लागि जापानका विभिन्न कलेज तथा विश्वविद्यालयको योग्यताको प्रमाण पत्र (सिओई) र भिसा समेत पाइसकेपछि पनि अध्ययनका लागि जापान प्रवेशमाथिको प्रतिबन्ध कायमै रहेकोले अन्याय भएको महसुस गरेर आज धर्ना दिन उपस्थित भएका हौँ,” धर्नामा सहभागी एक विद्यार्थीले बताए। ती विद्यार्थीका अनुसार करिब ११ हजार जनाले सिओइ पाएर पनि जापान जान पाएका छैनन् ।

Classic Tech Desktop

कोरोना संक्रमणको खतराको कारण देखाउने विगत दुई वर्षदेखि नयाँ विद्यार्थीलाई प्रवेश नदिइएको विद्यार्थीले जनाएका छन्। उनीहरुका अनुसार रसिया, जर्मनी, बेलारुस, चीन, मलेसिया लगायतका अन्य २४ देशका विद्यार्थीहरुले पनि प्रतिबन्ध खुलाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

प्रतिकृया