• २२ भदौ २०८३, सोमबार
  • २ः२९ राती

नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०५:००

४ माघ २०७८, काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना हुने भएको छ । बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२)मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैंयाँ जरीवाना गर्ने निर्णय गरेको हो । ।

National Life

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा कम्पनीबाट आवश्यक प्रतिवेदन,विवरण झिकाई अध्ययन गर्दा कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको समितिले बताएको छ ।


यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा ९९० मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न १४ वटा समिति र उपसमितिहरुमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति÷उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम कम्पनीलाई १० हजार रुपैंयाँ जरीवाना गर्ने निर्णय गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया