• २१ जेठ २०८३, बिहीबार
  • ५:३७ बिहान

मृगौला पीडित नबिन शाहद्धारा सहयोगको अपिल

प्रकाशित मिति

२०७८ पुष १४ गते, बुधबार ०१:२४

१४ पुस २०७८, काठमाडौँ : दुबै मृगौला फेल भएका धादिङ त्रिपुरासुन्दरि गाउँपालिका– ६ का नबिन शाहले सहयोगको लागि आग्रह गरेका छन् । ५ महिनादेखि राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेका २५ बर्षीय उनले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।


सानै उमेरमा आफना बाबु आमा समेत गुमाइसकेका शाहको उपचारमा हालसम्म ७ लाख खर्च भइसकेको उनका दाजु प्रेम शाहले जानकारी दिए। दुबै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपणको विकल्प नभएको र प्रत्यारोपणका लागि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएको शाहले जानकारी दिए ।

Kamana Sewa

‘अहिलेसम्म ऋण लिएर नै उपचार गराइरहेका छौ, अझै १५ लाख लाग्छ भन्छन्, मैले कहाँबाट ल्याउनु’ भाईको जीवनरक्षाका लागि भौतारिरहेको छु उनले भने ‘कृपया सबैले सक्दो सहयोग गरी मेरो भाइको जीवन बचाइदिनुहोस्।’ अहिले सातामा ३ पटक डाइलासिस गर्नुपरेकाले खर्च निरन्तर बढ्दै गइरहेको उनले बताए ।

Classic Tech Desktop

शाहको वीर अस्पतालमा डायलासिस गरिदै आएको छ । उनलाई सहयोग गर्न चाहनेले प्रभु बैंकमा बिरामी नबिन शाहको नाममा रहेको खाता नं. १९४०१६४३३४७०००११ मा रकम जम्मा तथा ९८६०२२४३७३ र ९८४९६१९३१० मा सम्पर्क गरी सहयोग गर्न सकिने दाजु प्रेम शाहले बताएका छन् ।

प्रतिकृया