पशु स्वास्थ्य कर्मीहरुको कोवीड –१९ महामारीको बेला योगदान
प्रकाशित मिति
२०७८ पुष १३ गते, मंगलवार ०२:०३
नोवेल कोरोना भाइरस :
डा. केदार काकी, १३ पुस २०७८, काठमाडौँ : विश्वव्यापी कोवीड – १९ महामारी वर्ष २०१९ मा खोजीएको नोवेल कोरोना भाइरस –२०१९ (२०१९( CoV) को संक्रमणबाट अहिले पनि धेरै तिब्र गतीले मानिसहरुबाट मानीसहरुमा फैलीरहेको छ । यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोम को समान छ र त्यस्को जस्तो लक्षण उत्पन्न गर्दछ जुन कारण यस भाइरस लाई सार्स कोरोना भाइरस –२ पनि भनिन्छ । कोरोना भाइरस आरः एनः एः (राइवो न्यूकिलक एसीड) भाइरसको एउटा परिवार हो । यस भाइरस को बाहिरी आवरण माथी स्पा्रक प्रोटीनको एक विशेष क्राउन जस्तो संरचना हुन्छ जस्का कारण यस समुहको भाइरसहरु लाइ कोरोना भाइरस भनिन्छ ।

सामान्यतया पशु हरु एवं मानिसहरु मा कोरोना भाइरस को संक्रमण सामान्य घटना मानिन्छ जसमा केही भाइरस ले नोकशान पु-याउदैन भने केहि भाइरस भने धेरै घातक हुन्छ । कोरोना भाइरसको केही उपभेद जुनेटिने हुन्छन् जस्को अर्थ यो पशु र मानीसको वीच फैलिन्छ । तर धेरै उपभेदहरु जुनोटिक हुदैनन । साधारणतया कोविड – १९ को संक्रमण लाक्ष्णिक एवं अलाक्षणिक कोविड –१९ सक्रमित व्यक्तिहरु सँगको प्रत्यक्ष संम्पर्कबाट हुन्छ । यो भाइरस संक्रमित व्यक्तिले खोकदा हाछियुं गर्दा निक्लने छिटा हावामा फैलिन्छ वा कुनै निर्जिव सतह माथी खस्छ एव यस्को संपर्कबाट हुने संक्रमणलाई अप्रत्यक्ष संपर्क भनिन्छ । यो भाइरस नेत्रश्लेषमा एवं एयरोसोल –धुलकण) बाट पनि फैलिन्छ । हाछियुं र अनुनाशीका निर्वहनका अतिरिक्त यो भाइरस दिशामा लामो समय सम्म विसर्जीत हुन्छ ।

कोविड –१९ महामारीको स्थीती :
डिसम्वर २०१९ को प्राम्भिक दिनहरुमा चीनको हुवेइ प्रान्तमा कोरोना भाइरसको केही मामलाहरु सामने आए जुन धेरै शिघ्र अझ तीव्र गतीले विश्वका अन्य भागमा कोवीड –१९ महामारीको रुपमा फैलियो । कोवीड–१९ को महामारीको घातकताको अनुमान यस कुरा बाट लगाउन सकिन्छ कि ७ अप्रील २०२० सम्म विश्वका १२,४४,४२१ व्यक्ति संक्रमित एवं ६८,९,७६ व्यक्तिहरुले ज्यान गुमाए जबकि अप्रील १४, २०२१ सम्म कुल २९४४८२७० व्यक्ती मृत्युको गांस वनी सकेका छन् । २०२१ को गर्मीयाम शुरु हुने वित्तिकै यस्को संक्रमणले तीव्र गती समात्यो । यस सार्स कोवीड –१९ भाइरसमा दिगुण उप्रपरिवर्तन तेती वेला हुन्छ जव भाइरसको दुई उत्परिवर्तित उपभेद एक साथ मिलेर तेश्रो उपभेद बनाउछन् । जस्तो कि भारतमा ३४८४ कयु र एल ४५२ आर दुई उपेदहरुलेएक नया उपभेद वनाएका छ जस लाइ अव बि/१/६१७ को रुपमा बर्गीकृत गरिएको छ ।
पुरानो संझना ताजा गराउदै कोभीढ –१९
महामारीको रुपमा संक्रमणका घटनाहरु अप्रत्यासित छैनन्। विश्वले कैयौ पटक विभिन्न प्रकारका संक्रमण महामारीहरुको सामना गर्दै आएको छ । तर यती अवश्य भन्न सकिन्छ कि यी महामारीहरु ले इतिहासको पाढ्यक्रम लाई अवस्य वदलेका छन् । उदाहरणका लागी इ.पु १३४७ देखि १३५१ के पेल्गेले विश्वको परिदृष्यलाई नै बदलेको थियो जस्मा तत्कालीन ४५० मिलियन विश्व आवादि मध्य बाट लगभग १०० मिलियन समाप्त भएका थिए । यदि एक शताब्दी पहिले स्वाइन फलु (१९१८ –१९) को संझनाहरु ताजा ग-यौ भने त्यसमा इतिहासकै सबैभन्दा बढी मृत्यु भएको थियो । जस्मा संयुक्त राष्ट्र अमेरीका मा ०.५ मिलियन मानवीय मृत्यु सहित विश्वभरी ५० मिलियन मृत्यु भएको थियो ।
यी मर्नेहरुमा केटाकेटीहरुको संख्या लगभग आधा थियो । विश्वमा कोरोना भाइरस जुन गतीले फैलिएको छ त्यसले १९१८ को स्पेनीश फलु को संझना गराउँछ । स्पेनीस फलु पछिदेखि विश्वले व्यापक ज्ञान कौशल र अनुभवका आधारमा कुनै पनि प्रकारको रोकनका लागी विजय प्राप्त गरेको छ तर चौकाउने झस्कीनु पर्ने कुरा के छ भने जुन गतीले कोवीड –१९ विश्वभरका देशहरुमा फैलीएको छ यो भन्न कुनै आशंका हुन नपर्ने हो कि भविष्यको स्थिति मौजुदा फलु भन्दा भयावह हुनेछ ।
कोवीड–१९को पशुजन्य संवन्ध :
अधिकतर (७० प्र.श) उत्पति भइ राखेका संक्रामक रोग –जस्तो कि इवोला , विका, विप्फा, इन्सेफालाइटिस) एव सवै जात महामारीहरु इन्फुलुएजा सार्स, मर्स, एड्स) पशुजन्य रोग हुन । जुन मुख्य रुपबाट वन्यजन्तुहरु बाट उत्पन्न भएका हुन । हालाकि यस कुराको ठोस साक्ष्य छैन कि सार्स कोवीड –२ बायरस को भनेरो पशु श्रोत हो तर पनि महामारी विज्ञानका अनुसार रोगवाहक पशुप्रजातीहरु एव सार्स कोवी –२ भाइरसको पशुहरु बाट मानिसहरुमा संरचनाको वारेमा अनिश्चीतताहरु छन् ।
चीनको हुवेइ प्रान्तको वुहान शहरमा दिसम्बर२०१९ को अंतमा पाइएको कोवीड–१९ को प्रारम्भीक मामलाहरुको महामारी सम्बन्धी जाचमा सामुद्रिक आहार एव जीवीत पशुहरुको व्यापारको थोक बजार सँग सार्स कोवी–२ को संक्रमणसँग सम्बन्ध पाइएको छ । प्रत्यक्ष पशु नमुनाहरुमा भाइरसको गैरमौजुदीले यस स्थानमा कुनै पनि पशु संग्राहकको सहि पहिचान गर्न मुश्कील बनाएको थियो । यस्को अतिरिक्त पहिलो लहरमा कोविड –१९ को ४१ पृष्ठ मामीलाहरु मध्ये १३ वटाको वजार सँग कुनै सम्वन्ध थिएन ।
सवै भाइरस उत्परिवर्तित हुन्छन् एव तीनका नया उपभेद नियमत रुपले बन्दछन् । विभिन्न राष्ट्रहरुमा सार्सकोवी–२को विभिन्न प्रकारका उपभेद पाइएका छन् । विश्वभरीमा अहिले सम्म ४००० भन्दा वढि उपभेद पाइएको छ । यसमा भरतमा वुथेक वैरियष्ट –वि.स. १.१.७)दक्षिण अफ्रीकी वैरिष्ट –वि.१.३५०० तथा ब्राजीलीएन वैशष्ट का अतीरिक्त एन ५०१ लाई (५४४४४८४कयू) (एल ४५२ आर) र (एन ४४०के) पनि पाइएको छ । यो उपभेदहरु मध्ये बाट यु.के वैरीष्ट को संचारण क्षमता बढी छ । यस्तो मानीएको छ कि कोवीड –१९ को दोस्रो लहरमा यी उपभेदहरुका कारण स्रक्रमण दरमा बढोतरी हुनुका साथ साथै यस्का लक्षणहरुमा पनि भिन्नता देखियो ।
पशुचिकित्सकले पनि कोवीड –१९ को लक्षण एव नैदानीक समस्या बुझ्नु पर्ने हुन्छ । जब मांसपेशीहरु दुख्नु घाटीमा खस खस हुनु शारीरिक थकाई गन्द एव स्वादको अभाव इत्यादि लक्षणहरु पाइन्छन यस रोगमा रोगीको शारीरिक स्थीति अरु गंभीर भएमा एकयुट रेस्पायरेटरी सिन्ड्राम हुन । रोगीको स्थीती विग्रेमा उसको शरीरका अन्य भागहरु पनी प्रभावीत हुन्छन । वयस्कहरुमा मानसीक स्थीती भंग हुनु सास लीन परेशानी मृत्यु विसर्जनमा कमी तेज हृदय गती न्युन रक्तचाप कडारुघा लाग्ने इत्यादी सम्मीलीत छन् ।त्यही बच्चाहरुमा तापमान एव श्वेत रक्त कणिकाहरुको संख्यामा असामान्ता देखिन्छ । अत्याधिक गंभीर अवश्थामा वयस्कहरुमा उच्च रक्त चाप बनी रहनु अनी बच्चाहरुमा मानसिक भ्रम एव उच्च रक्तचापको लक्षण पाइन्छ । यी सवै लक्षणहरु हाल को वर्ष २०२१ म उत्पन्न भएको उपभेदहरुको संक्रमणमा देखिएको छ । यस्को अतीरिक्त यस वर्ष नेत्रश्लेसेध, छालामा रातो विमिरा जठर शोध पेटको खरावी झाडा पखाला औला र नङहरुको रङ्ग विग्रनु इत्यादी लक्षण हरु पनि पाइएको छ ।
पशुहरुमा सार्स कोवी–२ भाइरसकाृ सँक्रमण का लक्षण धेरै हद सम्म अपरिभाषित हुन पालतु पशुहरुमा अन्य कोरोना भाइरस संक्रमण सरह नै सार्स कोविड–२ संक्रमण को पनि श्वशन एव जढरान्त संवन्धी नैदानीक लक्षण हुन सक्तछ । पशुहरुमा ज्वरो खोकी सासलीन गाहो, सुस्ती आलस्यता, हाछियु आउनु नाक र आँखाबाट तरल श्राव पखाला र वान्ताका लक्षण भउमा सार्स कोवी–२ को संक्रमण हुने संभावना हुन सक्तछ ।
कोविड –१९ संक्रमण को वैश्वीक प्रभाव :
कोविड –१९ को संक्रमण यती तेजले फैलिएको छ कि विश्वका सवै राष्ट्रहरुले यस महामारी बाट विष्टीनका लागी लकडाउन सहित कहि प्रकारका प्रतिवन्धहरु लगाए जसका कारण जनमानसमा गहिरो प्रभाव प-यो । हालाकि चीनको वुहान शहर कोवीड –१९ का संक्रमणको उत्केन्द्र थियो । तर त्यहा ७८ दिनको लकडाउन ले यसलाई विलदता वस्र्जक अगाडी फैलिन माथी नियन्त्रण गर्नेको शीश ग-यो जस्को परिणम स्वरुप पनि त्यहा देख्न पाइयो । लुशान शहरमा अमुतपूर्व लकडाउनले कोवीड –१९ सँग विश्वभरीमा लडने विभिन्न राष्ट्रहरुको लागी एक मोडेल को रुपमा काम ग-यो यसै प्रकार अन्य मुलुकहरुमा लकडाउन गर्दा पनि यसमा सफलता मिल्यो हालाकी जनवरी १९, २०२० लाई विश्व स्वस्थ्य संगठनले आपतकाल घोषित ग-यो यस प्रकारले हेरीयो भर्न वर्ष १९१८/१९मा स्पेनीश फलुले करौडो मृत्युको तुलनामा कोवीड –१९ को संक्रमणका लागी लगाईएको लकडाउनले मृतकहरुको संख्यालाइ नियंत्रण गरेको छ । यस्का साथै उदयोग कल कारखाना यातायात क्षेत्रबाट हुने पर्यावरणिय प्रदुषण नियंत्रीत गरेरत्यसबाट हुने मृत्यु डरलाई पनि कम गरेको छ ।
वेशक पशु चिकित्सा तंत्रलाई कम आकलन गरिदै आईएको छ । तर संसाधनहरु एव जनशक्तीको कमी हुदा पनि पशुचिकित्साकर्मी हरुले कोवीड – १९महामारी सँग जुद्दै पुरा निष्ठा एव लगनले आफ्नो कर्तग्य बहुउदेश्यीय कार्यकर्ताको रुपमा निर्वाह गरेका छन् तथा महामारीको दोश्रोलहरमा आफ्नो सेवाहरु सहित जनसाधारणको साथ उभिएका छन् । पशुहरु सँग सन्वन्धीत अफवाहहरु निरुपण गर्नु पशु स्वास्थ्य कमीहरुको पशु सेवा पशुहरुमा रिन्मा करण पशुपालकहरुको आर्थिक स्थीती सुद्धढी करण जनहित योजना कार्यान्वयन, जागरुपकता शिवीर संचालन पशुहरुमा महामारी वेला उपचार सेवा पु-याउने रोगी पशुहरुको उपचार पशहरुलाई आहारिय वयवश्था पशुधन उत्पादनलाई प्रोत्साहन, शहरी क्षेत्रमा आहार व्यवस्थामा सहयोग कोविड–१९ निदानमा सहयोग, भविष्यको महामारीहरुको रोकथाम अर्थ व्यवस्थामा सहयोग मानशीक दशा सुर्धान सहयोग,कोवीड–१९ महामारीको वेला हरेक ठाउँमा हालत यस्तो थियो कि सवै आफुलाइ नै वनाउनमा लागेका थिए र छन् पनि अर्को तीर पशुचिकित्सा कर्मीहरु पशुपालक साथ काधमा काध मिलाएर उभिएको दखिन्छन् । जनसाधारणका लागी दुध फूल मासु जस्ता खाद्य पदार्थहरुको आपुर्तीमा सहायोग पु-याएका छन् एवं एकविश्व एक स्वास्थ्य परिकल्पनालाई परिपूर्ण गर्दैछन् ।
अन्तमा यहि भन्न सकिन्छ कि विश्व व्यापी कोवीड–१९ महामारीको युद्ध जीत्नका लागी मानव एव पशु भलाईका लागी यदि भन्न सकिन्छ आफु पनि वचौ अरुलाई पनि वचाऔ हामीलाई गर्व छ कि वैश्वीक कोवीड –१९ महामारीको यस संकटकालमा पशुचिकित्सा कर्मीहरु पशु एव मानव स्वास्थ्यका लागी सदैव अग्रणी पंक्तमा जनसाधारणका साथ उभिएका छन् । एकातीर जंग २१ सौ शताब्दीको प्रारम्भव देखि कोरोना भाइरस को सार्स र मर्स जस्तो संक्रमण सँग सामान गर्नु प-यो र अव कोवीड –१९ सँग जोडीएको छ । वर्ष २०१९ को दिसंवर महिनाको शुरुमा उत्पन्न भएको हालको वैश्वीक कोवीड –१९ महामारी वारे अनुमान गरिएको थियो कि यो वर्ष २०२० को गर्मी याममा समाप्त हुने छ तर यस्तो भएन एवं दोश्रो पटक वर्ष २०२१ को गर्मी शुरु हुने वितीकै यस्को आक्रमणले गती लिएको छ । अव यो अनुमान लगाउन मुश्कील छ की यस्को प्रकोप कहिले खत्म हुन्छ एवं कति मानिसलाई मृत्यु को गांस बनाउछ । तर यती अवश्य छ कि यस भाइरसको संक्रमणले वैश्वीक स्तरमा आर्थीक मेरुदण्ड अवश्य भाचेको छ । गएको वर्ष जव सवै औदयोगीक संस्थाहरु वन्द भएका थिए एवं धेरै जसो मानिसहरु वेरोजगार भएका थिए तेती वेला कृषि एव पशुपालनले नै कतिपय राष्ट्रहरुको अर्थ व्यवस्था संमाल्न मा महत्वपूर्ण भुमीका निभाएको थियौ । जस्को कोवीड –१९ को चली राखेको दोश्रो लहरमा पनि महत्वपूर्ण योगदान रहने छ एवं पशु चिकित्साकर्मीहरुले पहिले जस्तै आफ्नो संपूर्ण योगदान दिनेछन् । यस कठिन दौरमा अदृश्य स्वरुप काम गर्ने पशुचिकित्सा कर्मीहरुलार्य कोरोना योद्धा भन्नु गलत नहोला सवै पशुचिकित्सा कमीहरुलाई नमन
टरेको छैन अझै कोरोनाको वार
गरौ निष्क्रीय कोरोनाको प्रहार
लगाउनुस फेसमास्क
साबुन पानीले धुनुस हाथ बार बार
एक अर्कोबाट दुइ गज दुरी
टिका करण पनि छ जरुरी




प्रतिकृया