• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

प्रकाशित मिति

२०७८ पुष २ गते, शुक्रबार ०८:१२

२ पुस २०७८, काठमाडौँ :  कतिपय मानिस १०–१२ घण्टा सुत्छन् भने कोही दुई–तीन घण्टामै निद्रा पूरा गर्छन् । यस्तो अवस्थामा सबैको मनमा प्रश्न उब्जिन्छ आखिर कति घन्टा सुत्नु स्वास्थ्यका लागि राम्रो हो रु निद्राको मात्राले स्वास्थ्यमा कुनै नराम्रो असर नपरोस् भन्ने डर पनि हुन्छ ।


यूएस नेशनल स्लिप फाउन्डेसनले कसलाई कति निद्रा आवश्यक छ भनेर सिफारिस गरेको छ । अनुसन्धानकर्ताहरुको सुझावअनुसार तीन महिनासम्मका नवजात शिशुलाई प्रतिदिन १४–१७ घण्टा सुत्न आवश्यक हुन्छ । त्यस्तै शिशुहरू चार देखि एघार महिनाका छन् भने उनीहरु कम्तीमा १२–१५ घण्टा सुत्न आवश्यक हुन्छ ।

Kamana Sewa

फाउण्डेशनले १४ देखि १७ वर्ष उमेरका किशोरकिशोरीहरु कम्तीमा ८ देखि १० घण्टा सुत्ने र वयस्कले दिनमा ७ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्न नहुने बताइएको छ ।

Classic Tech Desktop

विज्ञहरूका अनुसार अभिभावकहरूले आफ्ना विद्यालय जाने९६ देखि १३ वर्षका बालबालिकालाई ९ घण्टाभन्दा कम सुत्न नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ । उनीहरुका लागि ११ घण्टासम्मको निद्रा उत्तम हुन्छ । एकदेखि दुई वर्षसम्मका बालबालिकाका लागि ११–१४ घण्टा र तीन–पाँच वर्षका बालबालिकाका लागि ११–१३ घण्टा सुत्नु पर्छ ।

प्रतिकृया