यस्ता छन् ब्राउन राइसका फाइदाहरु
प्रकाशित मिति
२०७८ मंसिर ३ गते, शुक्रबार १२:३२
३ मंसिर २०७८, काठमाडों : हामीले खाने हरेक कुराले शरीरमा फाइदा या बेफाइदा गर्दछ । त्यसैले स्वस्थ्य रहनका लागि हाम्रो खानपिन पनि सन्तुलित र पोषिलो हुनुपर्छ । स्वस्थकर खानेकुराको चर्चा गर्दा ब्राउन राइसको नाम पनि अग्रपंतिमा आउँदछ।
अहिले धेरैजसो मानिसका लागि ब्राउन राइस लोकप्रीय बनेको छ । ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ।

ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ।

ब्राउनमाा राइसमा पाइने पौष्टिक तत्वहरु
स्वास्थ्यका लागि निकै फाइदाजनस मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्वहरु पाइन्छ । सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ । ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी हुन्छ । ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटाशियम र क्याल्सिमको राम्रो स्रोत हो ।
ब्राउन राइसले स्वास्थ्यमा गर्ने फाइदाहरु
- नियमित रुपमा ३ देखि ६ महिनासम्म ब्राउन राइसको सेवन गरे अल्जाइमर र डिमेंशिया जस्तो स्थितिमा फाइदा मिल्छ।
- ब्राउन राइसमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ। यसले पाचन तन्त्रलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ।
- ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमेंशिया रेटिंग स्केललाई पनि फाइदा गर्छ।
- ब्राउन राइसमा पाइने पौष्टिक तत्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ।
- ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम आदि बालबालिकाको विकासका लागि निकै महत्वपूर्ण मानिन्छ।
- ब्राउन राइसमा भरपुर मात्रा एन्टीअक्सिडेन्ट पाईन्छ। जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ।
- ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ।




प्रतिकृया