• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

कटुवा पेस्तोल र गोली सहित १ जना, जुवाडे २५ जना र लागूऔषध कारोवारी पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन ७ गते, बिहीबार ०१:२९

७ असोज, २०७८ काठमाडौँ :  रौतहटको  दुर्गाभगवती गाउँपालिका-२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनारलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित पक्राउ

Kamana Sewa

काठमाडौं महानगरपालिका-९ शम्भु मार्गबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-९ बस्ने सुनसरी इटहरी उपमहानगरपालिका-५ का पंकज शिवाकोटीलाई मंगलबार पक्राउ गरेको छ । सोही महानरगपालिका-९ शम्भु मार्गमा रहेको होटेल ओम प्लाजामा खैरो हेरोइन बिक्री बितरण भइरहेको खबर प्राप्त गरी उनलाई पक्राउ गरेको हो ।

Classic Tech Desktop

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१० छातापिपराबाट ३ किलो अवैध ललागूऔषध गाँजा सहित रौतहट देवाही गोनाही नगरपालिका-७ बस्ने २२ वर्षीय बिक्रम यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । साईकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, वाणगंगा नगरपालिका-१ जितपुरचोकस्थित हरि पाण्डेको पाण्डे स्वीट कर्नरबाट करिब १२ ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा शिवसतासी नगरपालिका-११ बस्ने ४० वर्षीय सलिम थापा मगर र मोरङ कर्तिपुर गाउँपालिका-३ बस्ने १९ वर्षीय बिनोद लामा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापा मगरको साथबाट करिब ४ ग्राम ५९ मिलिग्राम र लामाको साथबाट करिब ८ ग्राम ३४ मिलिग्राम उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको विनपिरेक्स सिरफ १ सय २० बोतल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया घर भई हाल चितवन भरतपुर महानगरपालिका-२२ बस्ने २२ वर्षीय राजेश थारु र चितवन भरतपुर महानगरपालिका-७ बस्ने ३२ वर्षीय सुरेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुले बोकेको दुईवटा मिठाइको डब्बाभित्र लुकाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट ३ ग्राम ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरतपालिका-२ बस्ने २३ वर्षीय सुरज पासवान र कन्चनपुर भिमदत्त नगरपालिका-१६ बस्ने २१ वर्षीय लक्ष्मण बिष्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध ब्यूरो वीरगंजबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित सुनसरी ईटहरी उपमहानगरपालिका-१३ का २३ वर्षीय सुशिल श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ हरहमहादेव बस्ने ५५ वर्षीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा हरहरमहादेव बस्ने दोलखा बैतेश्वर गाउँपालिका-५ घर भएका ३४ वर्षीय मनि कुमार दाहाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी

प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारी सहित १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको हरियो केराउ बरामद अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार प्रहरीले बरामद गरेको छ ।कृष्णनगर नगरपालिका-२ गल्लामण्डी र सोही नगरपालिका-१ स्थित कृष्णनगरचन्द्रौटास्थित सडक हुँदै ६ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ फेला पारी ईलाका प्रहरी कार्यालय कृष्णनगर र बोडर आउट पोष्ट कृष्णनगरबाट खटिएको प्रहरीले ट्रक सहित बरामद गरेको हो । बरामद ट्रक तथा हरियो केराउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिकृया