• 3:32 pm

सानिमा लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

प्रकाशित मिति

२०७८ भाद्र १७ गते, बिहीबार १२:०१

१७ भाद्र, २०७८ काठमाडौँ : सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । सूचीकृत भएपश्चात आज शुक्रबारदेखि दोस्रो बजारमा सानिमा लाइफको शेयर कारोबार खुला हुँदैछ ।


कम्पनीको २ करोड कित्ता शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता रू. ३०९ मा खुला हुने बताएको छ ।


नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्न पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेन्ज तोकेकोमा अन्तिम मूल्य रेन्जमा कारोबार भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्दछ ।

प्रतिकृया