धादिङमा मुद्धा दर्ता गर्नेको संख्यामा वृद्धि
प्रकाशित मिति
२०७८ भाद्र २ गते, बुधबार ०५:४१
पवित्रा थापा मगर
२ भाद्र, २०७८ धादिङ : धादिङमा मुद्धा दर्ताको संख्या बढेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । गत वर्षको तुलनामा मुद्धा दर्ताको संख्या बढेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन् । उजुरी गर्नेहरुको संख्या बढेकोले नागरिकको सुरक्षामा बढी ध्यान दिनु परेकोे उनले बताए ।
जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ४ सय ९० वटा मुद्धा दर्ता भएको छ भने गत आर्थिक वर्षमा ४ सय ५७ र आर्थिक वर्ष २०७५/७६ मा ४ सय ३७ मुद्धा दर्ता भएको छ । प्रहरी कार्यालयहरुमा आर्थिक वर्ष ०७७/७८ मा १ हजार ९ सय २ उजुरी परेकोमा १ हजार ४ सय १२ उजुरीको मिलापत्र, ४ सय ९० मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न कारणले आत्महत्या गर्ने संख्या गत आर्थिक वर्षमा ९४ रहेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा १ सय ४२ रहेको छ । त्यस्तै आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट ३ करोड २७ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षमा आत्महत्या, सवारी दुर्घटना, महिला हिंसा न्युनीकरण तथा रोकथामको लागि कार्ययोजना बनाई विद्यालय तथा समुदायमा थप जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, प्राकृतिक स्रोत साधनको दोह, रोकथाम र नियन्त्रणको लागि स्थानिय सरकारसँग सहकार्य गर्ने, सि।सि क्यामरा स्थापना तथा मर्मतलाई लगायतलाई प्राथमिकता दिने जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।




प्रतिकृया