• 7:52 am

माधव समूहले जुरायो नयाँ पार्टीको नाम, चुनाव चिन्ह ‘खुला किताब’

प्रकाशित मिति

२०७८ भाद्र २ गते, बुधबार ०३:४३

१ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भनेअनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।


उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने उल्लेख गरे । उनले भने– ‘यो अभियान अघि बढ्यो । इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको संगठन आज जन्मँदैछ । अरु मान्छेहरु बिस्तारै यसमा समावेश हुँदै जानेछन् ।’यतिबेला नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल समूहको तर्फबाट नयाँ पार्टी दर्ताका लागि हस्ताक्षर संकलनको काम भइरहेको छ ।

प्रतिकृया