सेयर बजारमा उकालो, हालसम्मै उच्चविन्दुमा

प्रकाशित मिति

२०७८ भाद्र २ गते, बुधबार ०४:१०

nepse 2 e1625998715994

१ भाद्र, २०७८ काठमाडौँ : शेयर बजारमा बुधबार उकालो लागेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल स्टक (एक्सचेन्ज नेप्से) का अनुसार नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेको छ । बुधबार ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको छ। बुधबार २२८ कम्पनीका १ लाख ८८ हजार ४ सय ५४ कारोबार भएका छन् ।


बुधबार म्युचल फन्ड र ट्रेडिङबाहेक सबै कम्पनीहरुको सेयर बढेको छ। बैंकिङ १६.४२ अंक, होटल तथा पर्यटन ६.२३ अंक, विकास बैंक ३३०.४६ अंक, जलविद्युत ५१.४८ अंक, वित्त १४८.२ अंक, र्निजीवन बीमा कम्पनी ८३.४१ अंक, उत्पादनमूलक २५५.९२ अंक, अन्य ३.३ अंक, लघुवित्त १.५५ अंक, जीवन बीमा कम्पनी १५१.३२ अंक र लगानीमा १.७२ अंकले हरियाली छाएको छ भने म्युचल फण्ड ०.२४ अंक र ट्रेडिङ १५.५१ अंकले घटेका छन्। लगानीकर्ताको आकर्षण विकास बैंक र फाइनान्स कम्पनीमा देखिँदा आज सेयर बजारमा उछाल देखिएको नेप्सेले जनाएको छ।

प्रतिकृया