• १२ असोज २०८३, सोमबार
  • १ः२७ दिउँसो

मानव सेवा आश्रमद्वारा ४१ जनालाई दिक्षित

प्रकाशित मिति

२०७८ श्रावण २५ गते, सोमबार ०१:१८

२५ साउन, २०७८ काठमाडौँ : नागार्जुन नगरपालिका वडा नं. १ मा रहेको मानव सेवा आश्रमले ज्ञान हस्तान्तरण गरी दिक्षित गरेको छ ।मानवीय सेवाको भावनाले काम गर्न उप्रेरित गर्ने गरी ४१ जनलाई ज्ञान हस्तान्तरण गरी दिक्षित गरेको हो । मानव सेवाको भावनाले काम गर्न उप्रेरित गर्दै पाँच दिने तालिम सम्पन्न गरी आइतबार औपचारिक कार्यक्रम गरी उहाँहरुलाई दिक्षित गरिएको हो ।

National Life

७ वटै प्रदेशका १६ वटा जिल्लामा रहेको मानव सेवा आश्रमको शाखा कार्यालयमा गएर मानवीय सेवामा सर्पित हुनका लागि मानव सेवा आश्रमले उहाँहरुलाई तालिम सहित दिक्षित गरेको हो । नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले सानै उमेर मानवीय सेवाको भावनाले कार्य गर्न उप्रेरित गदै मानव सेवा आश्रले गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो ।


हरेक क्षेत्र मामानवीय सेवाले काम गर्नु आजको आवश्यकता भएको भन्दै उहाँले नयाँ पुस्तालाई झनै मानवीय सेवाको भावना जागृत गराउनुपर्ने बताउनुभयो । मानव सेवा आश्रमले प्रदान गरेको पाँच दिनसम्मको तालिममा तनाब व्यवस्थापन, नेतृत्व विकास, जीवन जिउने, खुसी हुने कला, समूहमा काम गर्ने सीपको विकास र सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नागार्जुन नगरपालिकाले मानव सेवा आश्रम सञ्चालनका लागि चालु आर्थिक वर्षका लागि ३५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ भने वडा नंं: ६ स्थित वाइट गुम्बा क्षेत्रमा मानव सेवा आश्रमको भवन निर्माणका लागि १८ रोपनी जग्गा उपलब्ध गराएको छ । कार्यक्रममा नागार्जुन नगरपालिकाका लेखा प्रमुख एव‍ निमित्त प्रमुख प्रशासकीय अधिकृत आनन्दकुमार खड्का,प्रविधिक शाखा प्रमुख कञ्चन खानाल, प्रशासन तथा योजना उपशाखाका प्रमुख नारायणप्रसाद तिमल्सिना लगायत विभिन्न क्षेत्रका प्रभुत्व व्यक्तिहरुको सहभागिता रहेको थियो ।


सो अवसरमा मानव सेवा आश्रमका लागि मुगलानी खबर अनलाइन मिडियाले दैनिक उपभोग्य खाद्यान्न सहित नगद रकम राहत स्वरुप प्रदान गरेको थियो ।

प्रतिकृया