• १२ असोज २०८३, सोमबार
  • १ः३० दिउँसो

सोफा कारखानामा आगलागी हुँदा १ करोड ६० लाख बराबरको धनमाल जलेर नष्ट

प्रकाशित मिति

२०७८ श्रावण १४ गते, बिहीबार ०५:५७

१४ साउन, २०७८ काठमाडौँ : काठमाडौंँ महानगरपालिका १७ स्थित वनस्थली चोक नजिकै रहेको थ्रीडी फर्निचर तथा सोफा कारखानामा लागेको आगो नियन्त्रणमा लिइएको छ । आज दिउँसो करीव ४ बजे भएको आगलागी सशस्त्र प्रहरीले पाँच वटा दमकल र पाँच वटा ट्यांकरको सहयोगमा नियन्त्रणमा लिएको हो ।

National Life

धादिङ्ग घर भएका रामहरी धरेल र भारतीय नागरिक विजय शर्माले संचालन गरेको उक्त फर्निचर कारखानामा विद्युतीय तार सर्ट भई आगलागी भएको बताइएको छ ।


आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वालाजुबाट सशस्त्र प्रहरी निरीक्षक प्रमिला श्रेष्ठकको कमाण्डमा २० जना, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको कमाण्डमा ३५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखीबाट श्यामसंगती महर्जनको कमाण्डमा खटिएको ३५ जना सशस्त्र प्रहरीको टोलीले उक्त आगलागी नियन्त्रणमा लिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

आगलागीबाट करीव १ करोड ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिकृया