जापानमा भारी वर्षासँगै गएको पहिरोमा २० जना बेपत्ता
प्रकाशित मिति
२०७८ असार २० गते, आईतवार ०६:५९
काठमाडौं : भारी वर्षासँगै गएको पहिरोका कारण जापानमा २० जना बेपत्ता भएका छन् । जापानको मध्य क्षेत्र स्थित अतामी शहरमा भीषण वर्षापछि पहिरो गएको हो । भारी वर्षापछि लेदोसहितको पहिरो शहर हुँदै समुद्र तर्फ गएको सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडियोहरुमा देखिन्छ ।
अहिलेसम्म दुईजनाको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जुलाइको पहिलो तीन दिनमा अतामी शहरमा भीषण वर्षा भएको हो । सामान्य अवस्थामा पूरै महिनामा देखिने भन्दा धेरै वर्षा भएको हो त्यहाँ । यस्तै सीमावर्ती कानागवा क्षेत्रको मौसम पनि उस्तै रहेको छ ।

जापानमा पहिरोका घटना सामान्य भए पनि भीषण वर्षा र गम्भीर खालका विपदहरुका लागि विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि कारक रहेको भन्दै चासो र चिन्ता थपिएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे १० बजे पहिरो गएको हो ।





प्रतिकृया