मध्यपुर थिमिमा जिम्न्यास्टिक कभर्ड हल बन्ने
प्रकाशित मिति
२०७८ असार १८ गते, शुक्रबार ०३:०६
भक्तपुर : मध्यपुर थिमि नगरपालिकामा जिम्न्यास्टिक खेलका लागि कभर्ड हल निर्माण गरिने भएको छ । मध्यपुर थिमि नगरपालिकाले वडा नम्बर ९ स्थित लुखापाटीमा ३–९–२–० क्षेत्रफल जग्गा पूर्वाधार निर्माण गर्न उपलब्ध गराएको हो ।
कभर्ड हल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ र नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानबीच सम्झौता भएको छ ।
३ वटै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । जिम्न्यास्टिक खेलको कभर्डहललगायत पूर्वाधार निर्माण गर्न मध्यपुर थिमिले जग्गा उपलब्ध गराएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार कभर्ड हल निर्माणका लागि २५ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ ।
उक्त जग्गा राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउने तथा राखेप, नगरपालिका र संघसमेत मिलेर जिम्न्यास्टिक कभर्डहललगायत पूर्वाधार विकास गरिने भएको छ । त्यसको उपभोग एवं सञ्चालन संघले गर्ने सहमति भएको छ ।







प्रतिकृया