• 6:16 am

माधव पक्षलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिन आह्वान

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०३:५७

काठमाडौँ : नेकपा एमालेले माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ पाँच बजेसम्म राष्ट्रपति कहाँ बुझाएको हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ । आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


माधव नेपाल पक्षका सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्दै हस्ताक्षर बुझाएका छन् । त्यस्तै, आजको बैठकले कोरोनाभाइरसविरुद्धको खोप अविलम्ब उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।


बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य उपचारको जिम्मा लिएकोमा पार्टी अध्यक्षलाई धन्यवाद पनि दिएको छ । अब बैठक भोलि ३ बजे पुनः बस्ने उनले जानकारी दिए ।

प्रतिकृया