• १२ असोज २०८३, सोमबार
  • ३ः४८ दिउँसो

धादिङमा झोलुङ्गे पुल बनाउँदै मिस नेपाल नम्रता

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार ०१:१९

काठमाडौँ : मिस नेपाल नम्रता श्रेष्ठको पहलमा धादिङस्थित नीलकण्ठ नगरपालिकामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने तयारीमा रहेकी श्रेष्ठको प्रतियोगिताको महत्वपूर्ण विधा मानिएको ‘ब्युटी विथ अ पर्पस’ का लागि उक्त पुल बनाउन लागिएको हो ।

National Life

केही दिन अगाडि शिलान्यास भएको छिरिन पुछार झोलुंगे पुल नामकरण गरिएको पुल निर्माणको लागत ५० लाख रहेको छ । स्पोन्सरहरु जुटाएर पुल निर्माण गर्न लागिएको मिस नेपाल नम्रता श्रेष्ठले बताएकी छन् । ‘पुल मात्र निर्माण लागत ३६ लाख हो’ नम्रताले भनिन्–‘पुलको दायाँ बाटो लगायत गरेर खर्च ५० लाख पुग्छ ।’ स्पोन्सरबाट पुलका लागि केही खर्च जुटे नपुग खर्चका लागि सहयोगको अपिल समेत गरिएको नम्रताले बताइन् ।


पुल निर्माणका लागि विभिन्न ब्रान्डहरुले पनि हातेमालो गरेका छन् भने अर्थ संकलनका लागि नम्रता श्रेष्ठको नाममा राष्ट्रिय वाणिज्य बैंकमा १८७०१०००००४१५०१० नम्बरको खाता पनि खोलिएको छ । डिसेम्बर १६ मा अमेरिकामा आयोजना हुने ‘मिस वर्ल्ड २०२१’ का लागि नम्रता कार्यक्रमको एक महिना अगाडि त्यसतर्फ उड्ने छिन् । मिस वर्ल्डका लागि अहिले आफुले विभिन्न प्रशिक्षण लिइरहेको उनले बताइन् । उनले थपिन्–‘यसपटक मिस वर्ल्डको ताज नेपाल भित्रिन्छ भनेर धेरैले आस गरेका छन् । मेरो लक्ष्य पनि त्यही हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया