• १२ असोज २०८३, सोमबार
  • २ः०७ दिउँसो

प्रधानमन्त्री दाबीको ‘आधार’बारे निर्णय लिने अधिकार राष्ट्रपतिलाई छ : सहन्यायाधिवक्ता रेग्मी

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार १२:५६

काठमाडौँ : सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दुईवटा दावी परेपछि राष्ट्रपतिले नै जजमेन्ट गर्न पाउनुपर्ने जिकिर गरेका छन् । ’त्यो उहाँको अधिकार हो,’ विघटन मुद्दामा बहस गर्दै संवैधानिक इजलासमा रेग्मीले भने, ‘राष्ट्रपतिले गरेको निर्णयमा न्यायिक पुनरावलोकन पनि हुन सक्दैन ।’

National Life

‘प्रधानमन्त्रीले संसदमा गएर विश्वासको मत लिन सक्ने आधार के त ?,’ रेग्मीले भने, ‘सिंगल सांसदले दावी गर्नुभयो तर, दल र संसदहरूको हस्ताक्षर छैन भने के गर्ने ?’ एकजना सांसदले दलको समर्थन बिना प्रधानमन्त्रीमा दावी गरेमा विश्वासको मत पाउनेबारे राष्ट्रपतिले ‘कसरी विश्वास गर्ने’ भनेर रेग्मीले इजलासमा प्रश्न गरेका छन् ।


धारा ७६ (५) मा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्न सक्ने उनको दाबी छ । सो उपधारा अनुसार प्रधानमन्त्री नियुक्त गर्नुअघि राष्ट्रपतिले कसैसँग परामर्श लिनु नपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया