निशेधाज्ञा अवधीको घरभाडामा छुट दिन आग्रह
प्रकाशित मिति
२०७८ असार १३ गते, आईतवार ११:५६
मञ्जु नेपाली
काठमाडौँ : घरवहाल उपभोक्ता मञ्च माडी इकाईद्वारा निशेधाज्ञा अवधीको घरभाडामा छुट दिन आग्रह गरेको छ । नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरभाडामा छुट दिन आग्रह गरेको हो ।
इकाई समितिले आज एक वक्तव्य प्रकाशित गरि घरधनीहरुलाई सम्भव भए सम्म निशेधाज्ञा अवधीको घरभाडा पूर्ण रुपमा छुट गरिदिन र त्यो सम्भव नभएमा कम्तीमा ५० प्रतिशत भाडा मिनाहा गरिदिन आग्रह गरेका छन् । इकाई समितिका अध्यक्ष यम कुमार ल्वागुनद्वारा हस्ताक्षरित उक्त वक्तव्यमा कोभिड १९ को दोश्रो लहरका कारण जारि निशेधाज्ञाले माडी नगर क्षेत्रमा संचालित सम्पूर्ण ब्यापार व्यवसाय ,उद्योग कलकारखानाहरु बन्द हुँदा घरभाडा, कामदारको ज्याला, बैंक ब्याज तिर्न समेत समस्या भएको उल्लेख गरिएको छ ।
नेपाल सरकारले नै लकडाउन अवधीको घरबहाल रकममा ५० प्रतिशत दिन आह्वान गरेको भन्दै आफुहरुको समस्यालाई बुझी सहयोग गरिदिन उनले आग्रह गरेका हुन् । साथै अध्यक्ष ल्वागुनले कोभिड १९ को पहिलो लहरमा घरभाडामा प्रदान गर्ने घरधनीहरुलाई धन्यवाद समेत ज्ञापन गरेको थियो ।








प्रतिकृया