• १२ असोज २०८३, सोमबार
  • १ः०१ दिउँसो

नगदसहित पाँच जुवाडे पक्राउ

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार १०:३१

काठमाडौँ : भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नं गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी गुप्ता रहेका छन् ।

National Life

पक्राउ परेकाहरुको साथबाट रु ४६ हजार २०७ नगद रकम बरामद भएको छ । विशेष सूचनाका आधारमा प्रहरीले विनोद गुप्ताको घरमा जुवातास खेलिरहेको जानकारी पाएपछि खानतलासी गरेको थियो । -रासस

प्रतिकृया