• ४ साउन २०८३, सोमबार
  • ३:४१ बिहान

बलियो अर्थतन्त्रका लागि जोन्सनको आह्वान

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०८:५०

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्रसहितका क्षेत्रलाई थप बलियो बनाएर विकास गर्न विश्वका नेताहरुसँग अपील गरेका छन्।


विकसित देशहरुको बेलायतमा भएको जी सेभेन सम्मेलनको क्रममा जोन्सनले सहकार्यमा जोड दिएका हुन् । सन् २००८ को आर्थिक मन्दीमा भएको गल्तीबाट सिकेर असमानता अन्त्यका लागि प्रयास गर्नु पर्ने उनले बताएका छन् ।

Kamana Sewa

जी सेभेनको सम्मेलनमा अर्थतन्त्रसँगै कोरोना भाइरसविरुद्धको खोपको वितरणको विषयले पनि प्राथमिकता पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सम्मेलनपछि जी सेभेनका नेताहरु बेलायती महारानी एलिजाबेथ द्वितियसँग सामूहिक तस्बिर खिचाएका थिए । त्यस क्रममा महारानीले ‘आर यू सपोज टू बी लुकिङ्ग एज इफ युआर इन्जोइङ्ग योरसेल्फरु’

Classic Tech Desktop

विश्वका नेताहरु महारानीले यसो भनेपछि हाँसेका थिए । बेलायती प्रधानमन्त्री जोन्सनले सहमतिको जवाफ दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा तथा युरोपियन युनियनका नेता तीन दिने सम्मेलनमा सहभागी भएका छन् ।

प्रतिकृया