• १ असोज २०८३, बिहीबार
  • ४ः४१ बेलुका

गण्डकी प्रदेशः वैकल्पिक सरकार गठनका लागि आज ३ बजेसम्मको समय सिमा

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०८:५४

कास्की : गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्। शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन् । यसका लागि आज दिउँसो ३ बजेसम्मको समयसिमा तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

National Life

‘नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम जेठ २९ मा माननीय प्रदेश प्रमुखज्यूबाट मुख्यमन्धीको पदमा नियुक्त भएका पृथ्वीसुब्ब गुरुङले संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको भनी प्रदेश सभाको जेठ २८ गतेको पत्रबाट जानकारी हुन आएकोले संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि आज दिउँसो ३ बजेसम्म प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिमको प्रदेश सभाका सदस्यहरुलाई आह्वान गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।


त्यस्तै अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजु्दा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा ९३० बमोजिमको व्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्तिमार्फत जानकारी गराइएको समेत विज्ञप्तिमा लेखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया